पुस ७, काठमाडौं । ई - सेवा मनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
सम्झौतापत्रमा ई - सेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताअन्तर्गत, अब विदेशबाट ई - सेवा मनी ट्रान्सफरमार्फत पठाएको नगद रेमिट्यान्स्, राष्ट्रिय वाणिज्य बैंकका मुलुकभर रहेका २५६ ओटा शाखा, ९८ ओटा शाखारहित बैंकिंग केन्द्र तथा ३४ ओटा एक्स्टेन्सन काउन्टरबाट सजिलै भुक्तानी लिन सकिनेछ । साथै, राष्ट्रिय वाणिज्य बैंकबाट पठाएको आन्तरिक रेमिट्यान्स् पनि नेपालभरी रहेका ई - सेवा मनी ट्रान्सफरका १० हजारभन्दा धेरै एजेन्टबाट प्राप्त गर्न सकिनेछ।
प्रेस विज्ञप्तिमा चाँडै नै, राष्ट्रिय वाणिज्य बैंकका खाता ग्राहिले यस बैंकको मोबाइल एप अर्थात “आरबिबि स्मार्ट“ प्रयोग गरेर देश तथा विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत पठाएको नगद रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिनेछ उल्लेख छ ।
साथै, मोबाइल एपबाट र्इ सेवा मनी ट्रान्सफरको रेमिट्यान्स् सेवा प्रयोग गरेर देशभरी आन्तरिक रेमिट्यान्स् पठाउनसमेत सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।