यो साता वाणिज्य बैंकहरूले ४२ खर्ब ३८ अर्ब निक्षेप संकलन गरेको छ । यो अघिल्लो साताको तुलनामा ९ अर्बले कम हो ।
नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार कात्तिक महिनामा मात्रै २७ वाणिज्य बैंकहरूबाट ३१ अर्ब निक्षेप घटेको छ । असोज मसान्तसम्म यी बैंकहरूमा कुल ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा कात्तिक १७ गतेसम्म आउँदा ४२ खर्ब ३८ अर्बमा झरेको छ ।
लगानी योग्य रकमको अभाव कायमै
वाणिज्य बैंकहरूले स्वदेशी तथा विदेशी दुबै मुद्रामा यो निक्षेप संकलन गरेको हो । कात्तिकमा असोजको तुलनामा निक्षेप घटिरहेको छ । तर यहीं अवधिम...