काठमाडौं। टाटा नेक्सन इभी अर्डर गरेको एक महिनामै पाइने भएको छ। सिप्रदी ट्रेडिङका अनुसार टाटा मोटर्सले पछिल्लो समय नेपालको लागि राम्रो आपूर्ति दिएकाले एक
नेपालमा माग बढिरहेको र निजी तथा सरकारी कार्यालयले पनि प्रयोग गरिरहेको टाटाको विद्युतीय गाडी ‘नेक्सन इभी’मा रोकिराखेकै ठाउँमा आगो लागेको छ । भारतमा नेक्सन इभीको एउटा गाडीमा अचानक आगो लागेको हो मुम्बइमा सडक छेउमा रोकिराखेको टाटाको नेक्सान इभीमा आगलागी भएको थियो । अचानक आगलागी भएपछि पानी हालेर आगो निभाउँदै गरिएको उक्त घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । इभीमा अचानक आगो लाग्न थालपछि टाटाका गाडीको सुरक्षामाथि प्रश्न उठेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । टाटा कम्पनीले पनि उक्त घटनाको अनुसन्धान भइरहेको र हालसम्म आफ्ना गाडीमा सुरक्षालाई लिएर कुनै प्रश्न नउठेको दाबी गरेको छ । टाटाले भारतमा मात्रै ३० हजार आफ्ना इलेक्ट्रिक गाडी गुड्ने दाबी गर्दै ती ३० हजार इलेक्ट्रिक कारले ४ वर्षमा १ सय मिलियन किलोमिटर दुरी पार गरिसकेको र यो अवधिमा कुनै यस्ता घटना नभएको जनाएको छ ।मुम्बइमा सडक छेउमा पार्किङमा रहेको नेक्सन इभीमा के कारण आगोको मुस्लो निस्कियो भन्नेबारे वास्तविक कारण अहिलेसम्म पत्ता नलागेको भारतीय समाचार संस्था टाइम्स अफ इण्डियाले जनाएको छ । आगो लागेको उक्त गाडीमा ३०.२ एडब्लुएच लिथुनियम इओन ब्याट्री जडित थियो । नेपालमा पनि हालसालै नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा नेक्सन इभी किनेको छ । नेपालका लागि यसको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा.ली. हो ।
काठमाडौं । विद्युतीय गाडी विक्री गर्ने कम्पनीहरु बीच कडा टक्कर सुरु भएको छ । अहिलेको अवस्थालाई हेर्दा बजारमा सर्वाधिक धेरै बजार हिस्सा एमजीले लिएको छ भने त्यसपछि हुन्डाई, बीवाइडी र टाटा रहेका छन् । यद्यपी टाटाले सन् २०२१ को पछिल्लो केही महिना मात्रै नेक्सन इभी ल्याएको थियो । यदि सप्लाईमा समस्या नहुने हो भने सन् […]
एनएमबि बैंकले विद्युतीय गाडी नेक्सनको लागि बेस रेटमा शुन्य प्रतिशत प्रिमियमसहित कर्जा प्रवाह गर्ने गरी सिप्रदी ट्रेडिङ्ग प्रालिसँग समझदारी गरेको छ ।यो समझदारी बैंकिङ क्षेत्रमै एक उत्कृष्ट योजनाअन्तर्गत ८ लाख डाउन पेमेन्टमै ८० प्रतिशत फाइनान्सिङसहित २४ घण्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ । नेक्सन इभी अहिले मुलुकभर रहेका टाटा मोटर्स्का शोरुममा अवलोकन तथा ‘टेस्ट […]
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्ग र एनएमबि बैंक बीच कर्जा प्रदान गर्ने सम्झौँता भएको छ । सम्झौँता अनुसार टाटाको इलेक्ट्रीक एसयूभी नेक्सन किन्न चाहने ग्राहकले सहज कर्जा सुविधा पाउने छन् । अहिले एनएमबि बैंकको वेसरेट ७.१९ प्रतिशत रहेको छ । बैंकले यही दरमा विद्युतीय गाडी किन्न चाहने ग्राहकलाई कर्जा […]
टाटा मोटर्सको लागि आधिकारिक बिक्रेता सिप्रदि ट्रेडिङ प्रालिले टाटाको नेक्सन ईभी नेपालमा सार्वजनिक गरेको छ । भारतमा सर्वाधिक बिक्री भइरहेको बहुप्रतिक्षित नेक्सन इभी नेपाली बजारमा सार्वजनिक भएको हो । टाटाले अत्याधुनिक डिजाइनको जिपट्रोन प्रविधिमा आधारित यस एसयूभी मुख्यतः वायु प्रदुषणरहीत तथा पूर्ण रोमाञ्चकारी यात्रा अनुभव गर्न चाहने ग्राहकवर्गलाई लक्षित गरिएका जनाएको छ ।नेक्सन ईभीले १२९ […]
काठमाडौं (अस) । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको विद्युतीय एसयूभी नेक्सन नेपाली बजारमा सार्वजनिक गरेको छ । सिप्रदी ट्रेडिङले भर्चुअलमार्फत विद्युतीय गाडी नेक्सन इभी सार्वजनिक गरेको हो ।
जिपट्रोन प्रविधिमा आधारित नेक्सन इभीमा टिकाउ ब्याट्री रहेकाले एक पटक चार्ज गरेपछि २ सय ५० देखि ३ सय किलोमिटर दूरीसम्म सहजै गुड्छ । डिसीचार्जर प्रयोग गर्दा नेक्सन इभीको ८० प्रतिशत चार्ज ६० मिनेटमै हुने कम्पनीले बताएको छ ।
गाडीमा टेल लाइट, ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, रिअर एसी भेन्ट, आईपी ६७ कम्प्लायन्ट वाटरप्रुफ, ब्याट्री प्याक, मल्टिपल ड्राइभिङ मोड, हिल असेन्ट, इलेक्ट्रिक पावर्ड सनरुफ, अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ वाइपर्स, एन्टिलक ब्रेकिङ सिस्टम, डुअल एयर ब्यागलगायत विशेषता छन् ।
नयाँ विद्युतीय नेक्सनमा २०५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेकाले कच्ची बाटोमा सजिलै चलाउन सकिनेछ । गाडीले १२९ पिएस पावर र २ सय ४५ एनएमको टर्क जेनेरेट गर्छ । नेक्सनको विद्युतीय मोडलको ब्याट्रीमा १ लाख ६० हजार किलोमिटर र गाडीमा १ लाख २५ हजार किलोमिटरको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।
विद्युतीय गाडी नेक्सनलाई आफ्नै घरमा पनि चार्ज गर्न सकिनेछ । यसका लागि कम्पनीले नै ग्राहकका घरमा चार्जिङ पोर्ट जडान गरिदिनेछ । कम्पनीले हाल बागडोल, चुम्लिङटार, पोखरा, भैरहवा, हटौंडा, मुलकोट र इटहरीलगायत ८ स्थानमा फास्ट चार्जिङ स्टेसन निर्माण गरिसकेको छ ।
दोस्रो चरणअन्तर्गत नारायणघाट, लहान, बुटवल, वालिङ, लम्ही, कोहलपुर र अत्तरियामा चार्जिङ स्टेसन निर्माण भइरहेको कम्पनीले बताएको छ । डिसी चार्जिङ स्टेसनबाहेक कम्पनीले एक सय ठाउँमा इभी चार्जिङ पोर्ट पनि राख्नेछ ।
यो गाडी नेक्सन–इभी एक्सएम, एक्सभी प्लस र एक्सजेड प्लस एलयुएक्स गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ ।
कम्पनीले नेक्सनको एक्सएमको सुरु मूल्य ३५ लाख ९९ हजार, एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार र एक्सजेड प्लस एलयुएक्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।