काठमाडौं। नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठक सकिएको छ। बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। राजनीतिक स्थायित्व प्राप्त नहुने र पार्टी एकीकरण सही भए पनि प्रवृत्ति गलत देखिएको र निर्वाचनमा जान सकिने निष्कर्ष निकालिएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए। “कर्णालीमा फ्लोर क्रस गराउन नेतृत्वदायी भूमिका खेल्ने नेताहरूलाई स्पष्टीकरण सोध्नेछ,” उनले भने। अर्को बैठक १० गते बस्नेछ।