काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगकाे सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिबारे सरकार अहिलेसम्म मौन छ।एक हप्ताअघि मोदीले भारतको उत्तराखण्डको हल्द्वानीमा चुनावी सभालाई सम्बोधन गर्दै तिब्बतको मानसरोवर जाने लिपुलेक सडकखण्ड विस्तार कार्य भइरहेको र जारी राख्ने बताएका थिए। उनले चुनावी भाषणमा विगतको सरकारका कारण मानसरोवर जाने बाटो नबनाएको आरोप लगाउँदै सडक चौडा पारेर निर्माण अगाडि बढाइरहे प्रतिबद्धता जाहेर गरे।‘मानसरोवरका प्रवेशद्वार सडकबाट वञ्चित थियो। त