मानबहादुर वलीसुर्खेत । सुर्खेतको काँक्रेविहारस्थित भग्नावशेषको पुनर्निर्माणको काम सकिएको छ । नेपालको एकमात्र संरक्षित वन काँक्रेविहारमा रहेको भग्नावशेषलाई पुरात्व विभागबाट उत्खनन गरी पहिलो पटक पुनर्निर्माण सुरु भएको १७ वर्षपछि पुनर्निर्माण सकिएको हो । काँक्रेविहारको पुनर्निर्माण २०६१ सालदेखि थालिएको थियो । तर उक्त कामले पूर्णता नपाएपछि दोस्रो पटक २०७२ सालदेखि फेरि पुनर्निर्माणको काम सुरु गरिएको थियो […]