फेसबुक पेजमा ‘जव भ्याकेन्सी’को विज्ञापन राखेर ४३ जनालाई ठगी

काठमाडौं । प्रहरीले फेसबुक पेजमा जव भ्याकेन्सीको विज्ञापन राखेर ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–८ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने २३ वर्षीय शिब खड्का रहेका छन् । उनले सामाजिक संजाल फेसबुकमा ‘जव भ्याकेन्सी’को पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । खड्काले रोजगारीका लागि सुरुमा एक हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्म इसेवामार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरेको अनुसन्धानमा खुलेको छ । ठगी गरेर फरार रहेका खड्कालाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ । साथै, यस्ता व्यक्तिहरुसँग सचेत रहन पनि प्रहरीले आग्रह गरेको छ ।

सम्बन्धित सामग्री

युरोप रोजगारीबारे सामाजिक सञ्जालमा विज्ञापन गरी ठगी गर्ने क्रम बढ्यो

काठमाण्डौ – सामाजिक सञ्जालमा आएका युरोप रोजगारीको विज्ञानपनमा विश्वास नगर्न वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ । पछिल्लो समय युरोप रोजगारीका विभिन्न विज्ञापनहरू फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतबाट गर्दै ठगी गर्ने क्रम बढेको भन्दै यसरी आउने विज्ञापनमा विश्वास नगर्न विभागले भनेको हो ।  युरोपका देश रोमानिया, माल्टा, पोर्चुगल, क्रोएसिया, साइप्रस, टर्की, अल्वानिया र क्यानडाजस्ता देशमा काम गर्ने भिसामा पठाइदिने भन्दै पछिल्लो समय सामाजिक सञ्जालमार्फत विज्ञापन गर्ने र ठगी गर्ने क्रम बढेको छ । यस्ता देशहरूमा रोजगारी...

सिम डुप्लिकेसन गरी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । सिम डुप्किकेसन गरी ठगी गरेको अभियोगमा कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–४ घर भई काठमाडौं गंगोबु बस्ने २६ वर्षीय पूर्ण योगी भन्ने पूर्णनाथ योगीलाई प्रहरीले पक्राउ गरेको छ । योगीले सामाजिक संजाल फेसबुक, ह्वाट्स एप, ईमो जस्ता एपको दुरूपयोग गरी आकर्षक तलब सुबिधामा फ्रान्स, स्विटजरल्याण्ड जस्ता विकसित देशमा रोजगारीको अवसर रहेको भन्दै विज्ञापन राखी भिसा […]

अनलाइन बैंकिङमा छिरी ठगी गर्ने पक्राउ

काठमाडौँ : सुर्खेत भेरीगंगा नगरपालिका-३ घर भई काठमाडौँ नागार्जुन नपा-४ रानीपाटी बस्ने २३ वर्षीय मनम घर्तीलाई प्रहरीले पक्राउ गरेको छ।सामाजिक सञ्जालमा आकर्षक तलबमा फ्रान्स, स्वीजरल्याण्ड लगायतका देशमा रोजगारीको विज्ञापन गरी ठगी गरेको अभियोगमा उनी पक्राउ परेका हुन्।घर्तीले फेसबुक, वाट्सएप, आईएमओ जस्ता एप दुरुपयोग गरी आकर्षक तलबमा रोजगारीको अवसर रहेको भन्दै विज्ञापन राख्ने गरेका थिए।यसरी सम्पर्कमा आएका व्यक्तिहरूलाई बैंक खातामा रकम जम्मा गर्न लगाई पीडितहरूकै नागरिकता र राहदानीको प्रतिलिपि मोबाइल से

विदेश पठाईदिन्छु भन्दै साढे दुई करोड ठगी, ५ जना पक्राउ

भ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ राईनास नगरपालिका–३ का ४७ वर्षीय मधुविलास बास्कोटा, सोलुखुम्बु दुधकुण्ड नगरपालिका–८ का ५४ वर्षीय होमबहादुर खड्का, काठमाडौँ कागेश्वरीमनोहरा नगरपालिका–७ बस्ने ३५ वर्षीया रञ्जना ढकाल प्याकुरेल र सोही ठाउँका ४० वर्षीय सन्तोष प्याकुरेल तथा रुपन्देही देवदह नगरपालिका ५ का ३० वर्षीय राजु भन्ने खुमबहादुर बस्याल रहेका छन् ।उनीहरुले दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी एलएलसीको सञ्चालक कोमलराज उपाध्यायसमेतको गिरोहले आम्र्स गार्डमा ५०० को आवश्यकता भएको र मासिक रु तीन हजार दिरामसम्म पाउने भनी प्रलोभनमा पारेर प्रतिव्यक्ति रु तीन लाख ५० हजारदेखि आठ लाखसम्म खर्च लाग्ने भनी ठगेको खुलेको छ ।गिरोहले फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालको पेजमा भ्रमात्मक विज्ञापन राखी आकर्षक तलब, सेवा सुविधाको प्रलोभन देखाई दुबईमा पु¥याएर काममा नलगाई बिचल्ली बनाएर फरार भएका खुल्न आएको छ । उक्त घटनामा संलग्न उनीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले सर्लाही, रुपन्देही र काठमाडौँका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरेको आज एक सूचना जारी गरी जनाइएको छ ।नेपाल सरकार, श्रम मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरी, नेपाल र दुबईस्थित विभिन्न संस्थाहरुको सहयोग तथा सहकार्यमा पीडितहरूलाई नेपाल फिर्ता ल्याइएको थियो । हालसम्म ७६ पीडितहरुबाट रु दुई करोड ४३ लाख ३६ हजार ठगी भएको खुल्न आएको छ । उनीहरू उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

फेसबुक पेज प्रयोग गरी ठग्ने थारु प्रहरीको फन्दामा

काठमाडौँ– फेसबुक पेजको प्रयाोग गरी ठगी गर्दै आएका बर्दियाको बारबर्दिया नपा वडा नं १० का २३ वर्षीय रमेश थारु पक्राउ परेका छन् । उनलाई सोमबार बाँकेको कोहलपुरबाट पक्राउ गरिएको थियो । सोमबार अपराध महाशाखाले काठमाडौँ प्रहरी परिसरको जिम्मा लागएको छ । प्रहरीका अनुसार थारुले फेसबुक पेजमा डीएसएलआर क्यामेराको विज्ञापन गरेका थिए । अर्डर गर्ने व्यक्तिहरुसँग […]

फेसबुक पेजमार्फत विज्ञापन गरेर १ करोडभन्दा बढी ठगी गर्ने २ जना पक्राउ

ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी किरण वज्राचार्यका अनुसार प्रमोद साह पर्साबाट र मेवालाल लतिपुरबाट पक्राउ परेका हुन्

फेसबुक र ह्वाट्सएपमा कम्प्युटर, ल्यापटपकाे विज्ञापन गरेर ठग्ने दुई पक्राउ

ललितपुर – ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान बिक्री गर्ने भनि ठगी गर्नेलाई सार्वजनिक गरेको छ । प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरि ठगी गर्ने दुई जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर घर भएका प्रमोद साह र बहुदरमाइ घर भएका मेवालाल साह रहेका छन् । पक्राउ परेका ...

सामाजिक सञ्जालको विज्ञापनमा विश्वास नगर्न आग्रह

वैदेशिक रोजगार विभागले सामाजिक सञ्जालमा आएका युरोप रोजगारीको विज्ञापनमा विश्वास नगर्न आमनागरिकलाई सचेत गराएको छ । विभागले पछिल्लो समय युरोप रोजगारीका नाममा फेसबुक, इन्स्टाग्राम, टिकटकलगायतबाट भ्रामक विज्ञापन गरी ठगी गर्ने क्रम बढेको भन्दै यसरी आउने विज्ञापनमा विश्वास नगर्न विभागले जनाएको छ ।