शौर्य सिमेन्टले अत्याधुनिक प्रविधि र उच्च गुणस्तरको चुनढुङ्गा प्रयोग गरेर सिमेन्ट उत्पादन थालेको छ। १५ अर्ब लगानीमा शंकर समूह, अम्बे समूह र गोल्छा समूहले यो सिमेन्ट उद्योग स्थापना गरेका थिए।
उद्योगबाट ओपिसी, पीपीसी, ४३ र ५३ ग्रेड गरेर चार थरी सिमेन्ट उत्पादन गरिरहेको छ। उद्योगबाट नेपालमा पहिलो पटक लो अल्कली सिमेन्ट उत्पादन गरेको दाबी छ। दैनिक ३५ सय टन सिमेन्ट उत्पादन गर्ने उद्योगको कच्चा पदार्थको स्रोत उदयपुरको सुन जस्तो चुनढुङ्गा खानी रहेको बताइएको छ।
एलुमिना र मेग्रिजियमको मात्रा एकदम कम रहेकोले उत्पादित चुनढुंगा उच्च गु...