पुनर्निर्माण प्राधिकरण गठनको दुई वर्षः निजी आवास पुनर्निर्माण दश प्रतिशतमै सीमित :: Pahilopost.com

काठमाडौँ: २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठनको दुई वर्ष पूरा भएको छ। तर, दुई वर्षको अवधिमा निजी आवास, सम्पदा र अन्य क्षेत्रको पुनर्निर्माणको तस्बिर निराशाजनक छ। निजी आवास पुनर्निर्माण प्राथमिकतामा नपर्दा पीडित साढे दुई वर्षदेखि टहराकै बासमा छन्। पुरातात्विक र सांस्कृतिक

सम्बन्धित सामग्री

बागलुङमा ७२ प्रतिशत निजी आवास पुनर्निर्माण

बागलुङ । नेपालमा विनाशकारी भूकम्प गएको ६ वर्ष पूरा भएको छ । यो अवधिमा बागलुङमा निजी आवास पुनर्निर्माणमा ७२ प्रतिशत प्रगति भएको छ । ०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र वैशाख २९ गते गएको दोस्रो ठूलो पराकम्पनबाट भत्किएका २८ प्रतिशत घरको अझै पुनर्निर्माण भइसकेको छैन ।      जिल्लामा भूकम्पबाट क्षति भएका २ हजार ५५६ लाभग्राहीमध्ये  हालसम्म १ हजार ७१२ जनाले मात्र आवास पुनर्निर्माणको काम सम्पन्न गरेका छन् । भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि जिल्लामा दुई हजार ४५२ जनाले निर्माण सम्झौता गरेका थिए । हालसम्म एक हजार ७१२ लाभग्राहीले आवास पुनर्निर्माणको काम सम्पन्न गरेर अन्तिम किस्ताबापतको रकम लिइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइ बागलुङले जनाएको छ ।       भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि सम्झौता गरेका कुल २ हजार ४ सय ५२ लाभग्राहीमध्ये सबैले प्रथम किस्ताबापतको ५० हजार रकम लगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ बागलुङका प्रमुख रेणुका पाण्डेले जानकारी दिइन् । त्यस्तै, २ हजार १० लाभग्राहीले दोस्रो किस्ता लगेको उनले बताइन् । ‘समग्र जिल्लाको पुनर्निर्माण हेर्दा पछिल्लो समय गति लिएको छ । एकीकृत बस्ती, सडक, पुल तथा विद्यालय धमाधम निर्माण भएका छन्’, उनले  भनिन्, ‘निजी आवास पुनर्निर्माणले समेत पछिल्लो समय गति लिएको छ । अबको केही समयमै पुनर्निर्माणको काम अन्तिम चरणमा पुर्‍याइनेछ ।’      बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ काउलेका १० दलित परिवारका लागि एकीकृत बस्ती निर्माण कार्य सकिएको र उनीहरूको बस्तीमा पूर्वाधार निर्माण अगाडि बढेको पुनर्निर्माण प्राधिकरण बागलुङका इञ्जिनियर विक्रम सापकोटाले जानकारी दिए । पछिल्लो पटक सरकारले निजी आवास पुनर्निर्माणमा लाभग्राहीले निर्माण गरेका घरलाई समेत रकम दिने निर्णय गरेपछि पुनर्निर्माणको प्रगति बढेको हो । भूकम्पले चर्काएका घर प्रबलीकरण गरेर नयाँजस्तै घर निर्माण गर्ने सूचीमा परेका बागलुङका १७१ लाभग्राहीमध्ये दुई जनाले मात्रै घर प्रबलीकरण गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइ बागलुङका अनुसार १ सय ७१ लाभग्राहीमध्ये पुनर्निर्माण परिवर्तन गरेका ५० लाभग्राहीबाहेक कुल ८१ जनाले सम्झौता गरी प्रथम किस्ता लिएका छन् । तीमध्ये दुई जनाले मात्रै अन्तिम किस्ता लिएका छन् भने ७९ घरले प्रथम किस्ता लगेर प्रबलीकरणमा चासो नदेखाएको प्रमुख पाण्डेको भनाइ छ ।      महँगो र प्राविधिक रूपमा झन्झट भएकाले प्रबलीकरणमा चासो नदेखाएको लाभग्राही बताउँछन् । प्रबलीकरण गर्न आवश्यक रहेको घर भत्काएर पुनर्निर्माण गर्न खोजे पुनर्निर्माणतर्फ तीन लाख अनुदान दिइने व्यवस्था भएपछि ५० जनाले सोहीअनुसार काम गरेको र अन्यले प्रबलीकरणमा चासो नदिएका हुन् । प्रबलीकरणमा परेका लाभग्राहीले पाउने अनुदानले घरलाई बलियो बनाउन नपुग्ने भएका कारण पनि यसतर्फ लाभग्राही आकर्षित हुन नसकेको अनुमान इकाइको छ । घर पुनर्निर्माण गर्न तीन किस्तामा तीन लाख र प्रबलीकरण गर्न दुई किस्तामा एक लाख अनुदान रकम दिइँदै आएको छ ।      पुनर्निर्माण प्राधिकरणले निजी आवाससँगै एकीकृत बस्ती निर्माण, सडक मोटरेबल पुल तथा बौद्ध गुम्बा निर्माण गरिरहेको छ । प्राधिकरणले १७ करोडको लागतमा बुर्तिवाङ–तमानखोला सडकको १० किलोमिटर सडक ग्राभेल सम्पन्न गरिसकेको छ भने सोही सडकमा दुई वटा पक्की पुल धमाधम निर्माण गरिरहेको छ । रासस

४३ प्रतिशत निजी आवास निर्माण सम्पन्न

भक्तपुर । भक्तपुरमा भूकम्पपछिको निजी आवास निर्माण ४३ प्रतिशत सम्पन्न भएको छ । जिल्लामा पुनर्निर्माण गर्नुपर्ने २८ हजार ६५० र प्रबलीकरण गर्नुपर्ने ६५२ गरी कुल २९ हजार ३०२ लाभग्राही सूचीमा परे पनि हालसम्म १२ हजार ३३२ निजी आवास पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका इञ्जिनियर भोजराज भट्टले जानकारी दिए ।       पुनर्निर्माणका लाभग्राहीमध्ये २५ हजार १५४ले अनुदान सम्झौता गरेका छन् । यसमध्ये २४ हजार १५४ले प्रथम किस्ता, १३ हजार १९६ले दोस्रो किस्ता र १२ हजार ३३२ लाभग्राहीले तेस्रो किस्ताको रकम लगेका उनले जानकारी दिए । उनका अनुसार प्रथम किस्ता ८८ प्रतिशत, दोस्रो किस्ता ४६ प्रतिशत र तेस्रो किस्ता लैजाने ४३ प्रतिशत रहेका छन् । पहिलो किस्ताको रु ५० हजार अनुदान लिएर पनि घर नबनाउनेको संख्या भने ११ हजार ८२२ रहेको छ ।      यस्तै पूर्णक्षति नभएको तर प्रबलीकरण गर्नुपर्ने निजी आवास अन्तर्गत प्रवलिकरण लाभग्राही सूचीमा रहेका ६५२ मध्ये ३८० जनाले मात्रै अनुदान सम्झौता गरेर प्रथम किस्ता लगेका छन् भने दोस्रो किस्ता लैजाने पाँच लाभग्राही मात्रै रहेका छन् । जिल्लाका चार नगरपालिकामध्ये सबभन्दा धेरै सूर्यविनायक नगरपालिकामा ५२ प्रतिशतले निजी आवास निर्माण सम्पन्न गरेका छन् । यस नगरपालिकामा पुनर्निर्माणका लागि सात हजार १३२ ले प्रथम किस्ता, चार हजार १७४ ले दोस्रो किस्ता र तीन हजार ९२४ले तेस्रो किस्ताको अनुदान रकम लगेका छन् । रासस

भक्तपुरका ४३% निजी आवास पुनर्निर्माण सम्पन्न

वैशाख १३, भक्तपुर । विनाशकारी भूकम्पको गएको ६ वर्ष बितेको छ । भूकम्पले भक्तपुर जिल्लाको निजी आवास पुनर्निर्माण ४३ प्रतिशत सम्पन्न भएको छ ।  सोे अवधिमा जिल्लामा ४३ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जानकारी दिएको छ ।  भक्तपुर जिल्लामा पुनर्निर्माण गर्नुपर्ने २८ हजार ६५० र प्रवलीकरण गर्नुपर्ने ६५२ गरी कुल २९ हजार ३०२ लाभग्राही सूचीमा परेपनि हालसम्म १२ हजार ३३२ निजी आवास पुनर्निर्माण सम्पन्न गरेको कार्यालयका इञ्जिनियर भोजराज भट्टले जानकारी दिए ।  पुनर्निर्माण लाभग्राहीमध्ये २५ हजार १५४ले अनुदान सम्झौता गरेका छन् । यसमध्ये २४ हजार १५४ले प्रथम किस्ता, १३ हजार १९६ले दोस्रो किस्ता र १२ हजार ३३२ लाभग्राहीले तेस्रो किस्ताको रकम लगेका उनले जानकारी दिए । उका अनुसार प्रथम किस्ता ८८ प्रतिशत, दोस्रो किस्ता ४६ प्रतिशत र तेस्रो किस्ता लैजाने ४३ प्रतिशत रहेका छन् । पहिलो किस्ताको रू. ५० हजार अनुदान लिएर पनि घर नबनाउनेको संख्या भने ११ हजार ८२२ रहेको छ । यस्तै पूर्णक्षति नभएको तर प्रवलिकरण गर्नुपर्ने निजी आवास अन्तर्गत प्रवलिकरण लाभग्राही सूचीमा रहेका ६५२ मध्ये ३८० जनाले मात्रै अनुदान सम्झौता गरेर प्रथम किस्ता लगेका छन् भने दोस्रो किस्ता लैजाने ५ लाभग्राही मात्रै रहेका छन् ।   जिल्लाका चार नगरपालिकामध्ये सबभन्दा धेरै सूर्यविनायक नगरपालिकामा ५२ प्रतिशतले निजी आवास निर्माण सम्पन्न गरेका छन् । यस नगरपालिकामा पुनर्निर्माणका लागि सात हजार १३२ ले प्रथम किस्ता, चार हजार १७४ले दोस्रो किस्ता र तीन हजार ९२४ले तेस्रो किस्ताको अनुदान रकम लगेका छन् । भूकम्पमा सबभन्दा धेरै आवासमा क्षति पुगेको चाँगुनारायण नगरपालिकामा भने निजी आवास निर्माणमा ४८ प्रतिशत सम्पन्न भएको छ । सो नगरपालिका १० हजार १२२ ले प्रथम किस्ता, पाँच हजार ६६९ले दोस्रो किस्ता र ५ हजार २८७ ले तेस्रो किस्ता लिएका छन् । यस्तै सबभन्दा कम क्षति भएको मध्यपुरथिमि नगरपालिकामा ४१ प्रतिशतले मात्रै निजी आवास निर्माण गरेका छन् । यहाँका दुई हजार ९९ जनाले प्रथम किस्ता, ९९७ ले दोस्रो किस्ता र ९५९ तेस्रो किस्ताको अनुदान रकम लगेको जिल्ला कार्यालयका इञ्जिनियर भट्टले जानकारी दिए ।  भक्तपुर नगरपालिकामा भने निजी आवास निर्माणमा २८ प्रतिशत मात्रै सम्पन्न भएको छ । यहाँ ५ हजार ८०१ ले प्रथम किस्ता, दुई हजार ३५६ ले दोस्रो किस्ता र दुई हजार १६२ ले तेस्रो किस्ता रकम लगेका छन् ।  जग्गासम्बन्धी मुद्दा मामिला, घर झगडा, बहुस्वामित्वको विवाद, पूराना बस्तीमा जग्गाको क्षेत्रफल सानो, हरित क्षेत्रमा परेको, नगरपालिकाको मापदण्डअनुसार बाटो, जग्गा क्षेत्रफल र नक्सा नरहेको, नरहेकोजस्ता कारणले पुनर्निर्माणमा अझै समस्या आएको छ ।  समस्या समाधानका लागि कार्यालयले अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम, जनप्रतिनिधीसँग छलफल, इन्सेकलगायत विभिन्न संस्थाले सार्वजनिक सुनुवाई गर्र्दै आएको छ । यसैगरी सम्पदातर्फ जिल्लामा कुल १९३ सम्पदामा क्षति भएकोमा भक्तपुरमा ९१ को नगरपालिकासमेतको लगानीमा पुनर्निर्माण सम्पन्न भएको, ४ ओटाको पुनर्निर्माण क्रम जारी रहेको र ६ ओटा पुनर्निर्माण हुने क्रममा रहेको छ ।  मध्यपुर थिमिभित्र २३ ओटा सम्पदामा क्षति पुगेकोमा ७ ओटाको पुनर्निर्माण भएको, दुई ओटाको काम भइरहेको र ४ ओटा पुनर्निर्माणको तयारीको क्रममा रहेको छ । त्यस्तै चाँगुनारायणमा १६ ओटा सम्पदामा क्षति पुगेकोमा १० ओटाको पुनर्निर्माण भएको, ४ ओटाको काम भइरहेको र थप चारको पुनर्निर्माणको तयारीमा रहेको छ ।  सूर्यविनायकमा भने २९ ओटा सम्पदामा क्षति पुगेकोमा ९ ओटा पुनर्निर्माण सम्पन्न भएको, दुई ओटा पुनर्निर्माण भइरहेको र ६ ओटा तयारीमा रहेको बताइएको छ । रासस

७० प्रतिशत निजी आवास पुनर्निर्माण

भूकम्पबाट क्षति पुगेका ९ सय ८४ निजी आवासमध्ये म्याग्दीमा हालसम्म ६९ दशमलव ५१ प्रतिशत निजी आवास पुनर्निर्माण भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइको अभिलेखअनुसार १ हजार ६५ जना लाभग्राहीमध्ये ९ सय ८४ परिवारले मात्र निजी आवास पुनर्निर्माण अनुदानकालागि सम्झौता गरेका थिए ।

तनहुँमा ६९ प्रतिशत पुनर्निर्माण सम्पन्न

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पको ६ वर्ष पूरा हुँदा तनहुँमा ६९ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । जिल्लामा १४ हजार ८ सय ३७ निजी आवास पूर्ण क्षति भएकामा हालसम्म १० हजार तीन सय ५९ आवास पुननिर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई तनहुँले जनाएको छ ।  कार्यालयका अनुसार हालसम्म व्यास नगरपालिकामा एक हजार पाँच सय ६, भानु नगरपालिकामा तीन हजार दुई सय ८१, भीमाद नगरपालिकामा सात सय ९८,शुक्लागण्डकी नगरपालिकामा एक हजार तीन सय १३, बन्दीपुर गाउँपालिकामा सात सय ९१, आँबुखै...

नौ हजार निजी आवास पुनर्निर्माण

गोरखा भूकम्प गएको ७ वर्ष पुग्नै लाग्दा यहाँ हालसम्म नौ हजार ९६ जनाले निजी आवास पुनर्निर्माण कार्य सम्पन्न गरेको छ । विसं २०७२ वैशाख १२ को भूकम्पले लमजुङमा १४ हजार ६४९ जनाको निजी आवास पूर्ण क्षति पु¥याएकामध्ये उक्त सङ्ख्यामा भूकम्पपीडितको निजी आवास (घर) पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार¬) लमजुङले जनाएको छ ।           जिल्लामा रहेको कूल लाभग्राहीमध्ये १४ हजार ४० जनाले पहिलो किस्ता लिएका छन् । त्यस्तै, ११ हजार ७४९ जनाले दोस्रो किस्ता लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार¬) कार्यालय लमजुङका प्रमुख सूर्यप्रसाद शर्माले बताउनुभयो ।

लमजुङमा निजी आवास पुनर्निर्माण ६०% मात्रै

लमजुङमा भूकम्पपछि भत्किएका निजी आवास पुनर्निर्माण ६० प्रतिशतमात्रै सम्पन्न भएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पपछि जिल्लामा निजी आवास पुनर्निर्माण प्रगति ६० प्रतिशतमात्र भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार लमजुङले जनाएको हो ।जिल्लामा निजी आवास पुनर्निर्माण र प्रवलिकरण गरी १५ हजार ५ सय ४३ लाभग्राही रहेका […]

https://www.onlinekhabar.com/2020/01/827626

५ पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको चार वर्षमा ६२ प्रतिशत निजी आवास पुनर्निर्माण सकिएको छ । १५ प्रतिशतको काम भइरहेको छ भने १३ प्रतिशत निजी आवास निर्माण नै सुरु भएको छैन । भूकम्पमा …