भूकम्पबाट क्षति पुगेका ९ सय ८४ निजी आवासमध्ये म्याग्दीमा हालसम्म ६९ दशमलव ५१ प्रतिशत निजी आवास पुनर्निर्माण भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइको अभिलेखअनुसार १ हजार ६५ जना लाभग्राहीमध्ये ९ सय ८४ परिवारले मात्र निजी आवास पुनर्निर्माण अनुदानकालागि सम्झौता गरेका थिए ।