प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका समसामयिक विषयमा छलफल हुनेछ। छलफलपछि आवश्यक विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्ने जनाइएको छ।
काठमाडौँ । सरकारले फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ विधेयक संघीय संसद्मा दर्ता गर्ने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमका अनुसार फोहोर उत्पादनदेखि सुरक्षित रूपमा अन्तिम व्यवस्थापन गर्ने चरणसम्मका सबै पक्षलाई समेटेर विधेयक तयार गरिएको हो । प्रस्तावित कानुनी व्यवस्थामा फोहोर उत्पादन कम गर्ने उपायदेखि स्रोतमै वर्गीकरण, सङ्कलन […]
काठमाडौँ, ३१ भदौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]
पुँजीबजार बिहानी अपडेटमा आज विभिन्न कम्पनीका साधारणसभा, लाभांश घोषणा, शेयर सूचीकरण तथा संस्थापक शेयर बिक्रीसम्बन्धी गतिविधिहरू समेटिएका छन्। नबिल बैंकको ४२ औँ साधारणसभा असोज २२ गते नबिल बैंकले आफ्नो ४२ औँ वार्षिक साधारणसभा असोज २२ गते आयोजना गर्ने भएको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ः३० बजे […]
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ । प्रधानमन्त्रीको कार्यालयका अनुसार बुधबार बिहानसम्म कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको हो । नयाँ ट्र्याक खोल्ने काम सकिएसँगै भोलिदेखि यो राजमार्गमा पूर्णरूपमा सवारीसाधन आउजाउ गर्नेछन्। भोटेकोशीमा विनाशकारी बाढी आएको चार दिनपछि अर्थात् १४ भदौमा त्रिशूलीमा आएको बाढीले कृष्णभीरमा सडक कटान […]