काठमाडौँ– परराष्ट्रमन्त्री नारायण खड्काले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग शिष्टाचार भेटवार्ता गरेका छन्। बिमिस्टेक शिखर सम्मेलनमा भाग लिन श्रीलंका पुगेका परराष्ट्रमन्त्री खड्काले मंगलबार प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। त्यस क्रममा नेपाल श्रीलंका सम्बन्ध र सहयोग आदानप्रदानबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको थियो।