नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेट गरेका छन् । शनिबार साँझ राजदूत श्रीवास्तवले अध्यक्ष नेपालको निजी निवास कोटेश्वरमा शिष्टाचार भेट गरेका हुन् ।भेटका क्रममा अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए । भेटमा नेपाल भारत–सम्बन्ध र अहिले हाम्रो समाजमा भोगिरहेका समस्याका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जानकारी दिएको छ ।