विराटनगर। प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङ लिम्बुले आर्थिक वर्ष२०७८/७९ को बजेट यथार्थपरक भएकोले सफल कार्यान्वयन हुने बताए। मन्त्रालयद्वारा आज आयोजित बजेटसम्बन्धि पत्रकार सम्मेलनमा यसको कार्यान्वयनलाई जिम्मेवार र जवाफदेही सबै तहसम्म कार्यसम्पादन सम्झौता गरिने जनाए। उनले आर्थिक वर्ष सुरु हुनुअगावै बजेट तथा कार्यक्रमको कार्यान्वयन कार्य योजना सबै मन्त्रालय तथा निकायहरुबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइने बताए।रासस