मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार भएको खेलमा चेन्नई सुपरकिङ्ग्सले राजस्थान रोयल्समाथि ४५ रनको जित हासिल गर्दै महत्त्वपूर्ण दुई अंक जोडेको छ । जितसँगै चेन्नई अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । तीन खेलमा दोस्रो पराजय झेलेको राजस्थान भने छैटौं स्थानमा छ । १८९ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्सका लागि प्रारम्भिक ब्याट्सम्यान मनन बोहरा र जोस बटलरले औसत सुरुवात गरे पनि मध्यक्रमका ब्याट्सम्यान क्रिजमा धेरैबेर टिक्न सकेनन् । राजस्थानका लागि बटलरले सर्वाधिक ४९ रन