कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उतारचढावका कारण समयमै मल भित्र्याउन नसकिएको बताएका छन् ।प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा स्थगन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कृषि सामग्री कम्पनी लिमिटेडले एक लाख पाँच हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले एक लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रकृया सुरु गरिए पनि समयमै ल्याउन नसकिएको बताए ।उनले दुई लाख २२ हजार मेट्रिक टन मल ल्याउने प्रकृयामै रहे पनि समयम