काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव छानबिनका लागि संसद्ले सिफारिस समितिमा पठाएपछि उहाँ अदालत फर्कनुहुन्छ कि हुँदैन भन्ने विषयले चर्चा पाएको छ ।
फागुन १ गते संसदमा दर्ता भएको प्रस्ताव हिजोदेखि प्रक्रियामा गएको छ । प्रतिनिधि सभाको हिजोको बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव छानबिनका लागि सिफारिस समितिमा पठाएको हो ।
समितिले बढीमा तीन महिनाभित्र जबरासँग स्पष्टीकरण लिने र अरु अनुसन्धान गरेर प्रतिवेदन तयार पार्नुपर्ने हुन्छ । तर मंसिर ४ मा चुनाव घोषणा भइसकेको र असोजको अ...