प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
सत्तारुढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीका ९८ सांसदले संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
प्रस्तावमा माओवादी प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ प्रस्तावक रहेको सर्वोच्च स्रोतले जानकारी दियो ।
३ जना प्रस्तावक र ९५ जना समर्थकको हस्ताक्षर रहेको स्रोतले बतायो ।