२६ असार, काठमाडौं । राष्ट्रिय सभामा विगत ६ दिनदेखिको जारी अवरोध खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटा अभिव्यक्तिलाई लिएर नेकपा एमालेले २० असारदेखि राष्ट्रिय सभाको बैठक चल्न दिएको थिएन । यसबीचमा बसेका राष्ट्रिय सभाको प्रत्येक बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेका सांसदहरुले अवरोध गरेका थिए । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्रीका लागि स्पष्टीकरण […]