नेपाल एयरलाइन्सका यात्रुलाई डीडीसीका उत्पादन

काठमाडौं, साउन १४ । दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना उत्पादन नेपाल एयरलाइन्समा बेच्ने भएको छ । नेपाल वायु सेवा निगमले डीडीसीले उत्पादन गरिसकेपछि खरिद गर्न सुरु गर्ने भनेका कारण आफूहरू त्यसको तयारीमा लागेको डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले जानकारी दिए। हाल नेपाल वायु सेवा निगमद्वारा सञ्चालित जहाजहरूमा विदेशी उत्पादित दुग्धजन्य पदार्थ अन्य खानेकुरा बिक्री वितरण भइरहेको […]

सम्बन्धित सामग्री

गल्फ लुब्रिकेन्ट्सको नि:शुल्क सवारी चेकअप क्याम्प

नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दसैँमा नि:शुल्क सवारी चेक क्याम्प सञ्चालन गर्ने भएको छ ।दसैँमा घर जाने यात्रुलाई मध्यनजर गर्दै कम्पनीले चार पांग्रे र दुई पांग्रे सवारीसाधनको फ्रि चेक क्याम्प आयोजना गर्ने भएको हो । कम्पनीका अनुसार क्याम्प १३ देखि १५ असोजसम्म आयोजना हुनेछ ।कम्पनीले […]

नेपाल वायुसेवा निगममा उपहार बिक्री काउन्टर स्थापना

काठमाडौं :  राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टरको स्थापना गरेको छ।विदेशबाट आउने यात्रुलाई नेपाली मौलिक उत्पादन बिक्री गर्न काउन्टर राखेको  निगमले जनाएको छ। नेपाली सामाग्रीलाई विश्वसामु पुर्‍याउन काउन्टर स्थापना गरिएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए।अधिकारीले सो काउन्टरको उद्घाटन गर्दै नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय जगतमा प्रवर्द्धनका लागि उपयोगी हुने विश्वास व्यक्त गरे। केन्द्रीय कार्यालयको बिक्र

निगमको सोभेनियर सेल्स काउण्टर

नेपाल वायुसेवा निगमले नेपाली मौलिक उत्पादन यात्रुलाई बिक्री गर्न टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउण्टरको स्थापना गरेको छ ।निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारले उक्त सेल्स काउण्टरको एक समारोहकाबीच बुधबार उद्घाटन गरेका छन् । केन्द्रीय कार्यालयको टिकट बिक्री कक्षमा खोलिए जस्तै सोभेनियर सेल्स काउण्टर निगमका अन्य कार्यालयहरुमा पनि क्रमशः खोल्दै जाने लक्ष्य राखिएको छ ।नेपालको कला […]

नेवानिको सोभेनियर सेल्स काउन्टर

काठमाडौं (अस) । नेपाल वायुसेवा निगमले नेपाली मौलिक उत्पादन स्वदेशी/विदेशी यात्रुलाई उपलब्ध गराउन निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टर स्थापना गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उक्त सेल्स काउन्टर उद्घाटन गरे । केन्द्रीय कार्यालयको टिकट बिक्री कक्षमा खोलिएजस्तै सोभेनियर सेल्स काउन्टर निगमका अन्य कार्यालयमा पनि क्रमशः विस्तार गर्दै जाने लक्ष्य रहेको नेवानिले बताएको छ । विपन्नको सीपलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई स्वदेशी एवं विदेशी यात्रुको माध्यमबाट अन्तर्राष्ट्रिय जगत्मा पुर्‍याउने उद्देश्यले निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टर स्थापना गरिएको हो । नेपाली कच्चा पदार्थ बाँस, घाँस आदिबाट बनेका ढक्की, ब्यालेट, पर्सका साथै कप, टि–म्याट, विमान चढ्दा सजिलोका लागि लगाउने नेक पिलोजस्ता सामान सेल्स काउन्टरमा उपलब्ध हुनेछन् ।

अर्थतन्त्र चलायमान बनाउन खोप जरुरी

समयमा नै सरकारले कोभिडविरुद्धको खोपको व्यवस्था नगर्दा नेपाली अर्थतन्त्रमा नराम्रो असर पुगेको देखिन्छ । उद्योग व्यवसाय र वैदेशिक रोजगारका लागि कामदार माग भए पनि उनीहरू कोभिडको खोप नलगाएका कारण अयोग्य सावित भएका छन् । यसले गर्दा राष्ट्रिय अर्थतन्त्रको मेरूदण्ड मानिएको विप्रेषणमा पनि असर पुगेको छ । कोरोना भाइरसका विभिन्न भेरियन्टको जोखिम बढ्दै जाँदा नयाँ रोजगारी सृजना हुन सकेको छैन । भएको रोजगारी गुम्ने स्थिति छ । सरकारले खोपको व्यवस्था नगर्दा वैदेशिक रोजगार पनि धराशयी हुने संकेत देखिएको छ । खाडी मुलुकले कोभिड १९ को खोप लगाएका कामदारलाई मात्र स्वीकृति दिएपछि थुपै्र नेपाली कामदार खाडी मुलुक जानबाट वञ्चित भएका हुन् । असारको पहिलो हप्ताको सूचनाअनुसार कोरोना संक्रमणविरुद्ध दिइने खोपमध्ये यूएईको स्वास्थ्य मन्त्रालयले तोकेको फाइजर बायोटेक, स्पुतनिक ५, सिनोफार्म, अक्सफोर्ड अस्ट्राजेनेका खोप लगाएकालाई मात्रै उसले मान्यता दिएको छ । यी खोप लगाएका कामदारले मात्र त्यहाँ सहजै प्रवेश पाउनेछन् । कोरोनाको पहिलो लहर देखिएपछि कुवेतमा पनि नेपाली कामदार लगिएको छैन भने नयाँ भिसा पनि जारी गरिएको छैन । कुवेतले आगामी साउन १७ गतेबाट कोरोनाको खोप लगाएका कामदारलाई भने श्रमअनुमति दिएको छ । कुवेतले भिसा पाएर नेपालमा बसेका कामदारको अनलाइनबाट नै भिसा नवीकरण गर्न पाउने व्यवस्था गरेको छ जसका कारण उनीहरू साउन १७ गतेबाट कुवेत जान पाउने छन् । तर, सेप्टेम्बरपछि खोप नलगाएकाको भिसा नवीकरण नगरिने बताएको छ । कुवेतको १७, १८, २० र २२ नम्बर भिसा पाएर नेपालमा रोकिएका कामदारले अनलाइनबाट नै भिसा नवीकरण गर्न पाउने व्यवस्था गरिएको छ । साउदी अरबले आफ्ना हवाई उडान कम्पनीलाई कोभिड–१९ विरुद्धको खोप नलगाएका यात्रुलाई नबोक्न निर्देशनको छ । विनाखोप काम गरेको पाइएमा जरीवाना, निलम्बनदेखि डिपोर्टसम्म गर्न सक्ने नीति साउदी अरबको छ । यसरी खोपको अभावका कारण थुपै्र नेपालीले रोजगारी गुमाउनु सामाजिक र आर्थिक रूपमा चुनौतीपूर्ण बन्न पुगेको छ । मलेशियाले १ लाख १७ हजार नेपाली कामदार लैजान माग गरे पनि अहिलेसम्म लैजान सकेको छैन । त्यस्तै कतारबाट ५० हजार, साउदी अरबबाट २६ हजार, साइप्रसबाट १७ हजार, यूएईबाट ५ हजार, रोमानियाबाट ९ हजार, बहराइनबाट १७ सय र ओमानबाट १५ सय नेपाली कामदारको माग भएको व्यवसायीको भनाइ छ । माग भए पनि खोपको व्यवस्था नभएका कारण नेपाली कामदारहरू त्यहाँ जान पाउने छैनन् । सरकारले निजीक्षेत्रलाई पनि कोभिड खोप खरीद गरी विक्रीवितरण गर्न दिएको भए आज यो अवस्था आउँदैन कि भन्ने देखिन्छ । सशुल्क र निःशुल्क खोपको व्यवस्था गरेको भए सक्नेले शुल्क तिरेर पनि खोप लगाउँथे । तर, सरकारले त्यस्तो व्यवस्था नगर्दा कैयन् नेपाली कामदारहरू आफ्नो हातमा रहेको रोजगारी गुमाउन विवश भएका छन् । वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृतिको प्रमुख गन्तव्यका रूपमा कतार, साउदी अरब, यूएई, मलेशिया पर्छन् । नेपाली महिला कामदारका लागि कुवेतपछिको प्रमुख गन्तव्य जर्मनी, माल्दिभ्स, माल्टा, डेनमार्क, जर्मनी र इजरायल बनेका छन् । ती देशमा व्यक्तिगत रूपमा श्रमस्वीकृत लिनेमा ८० प्रतिशतभन्दा बढी महिलाहरू रहेका छन् । वैदेशिक रोजगारी नराम्रोसँग प्रभावित भएकै बेलामा स्वदेशी उद्योगी व्यवसायीले सरकारले तत्कालै बहुमत नेपालीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था नगर्ने हो भने मुलुकको अर्थतन्त्र धराशयी हुने चेतावनी दिएका छन् । सरकार राजनीतिक जोडघटाउमा व्यस्त रहँदा आज नेपालीहरूको आर्थिक अवस्था नराम्रोसँग थिलथिलिन पुगेको छ । छिमेकी भारतले नोभेम्बरसम्ममा सबैलाई खोप लगाउने घोषणा गरेर दु्रतगतिमा अगाडि बढ्दा नेपालले अहिलेसम्म त्यसका बारेमा केही सोच्न सकेको छ्रैन । सरकारले खोप व्यवस्थापन नगर्ने हो भने मुलुकको अर्थतन्त्र असहज बन्ने देखिन्छ । यदि धेरैभन्दा धेरैलाई खोप लगाउने हो भने नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ । त्यसैले घरमा थुनेर मात्र समस्या समाधान नहुने हुँदा सरकारले तत्कालै खोप व्यवस्थापनलाई सक्रिय रूपमा अगाडि बढाउनु नै आजको आवश्यकता हो । कोभिड–१९ का कारण विश्वभरिका उद्योग धन्दा र व्यवसायमा नराम्रो असर परेको पाइन्छ । हाम्रो देशमा पनि कोरोना महामारीका कारण बन्द भएका व्यवसायहरू अझै सञ्चालमा आउन सकेका छैनन् । कोरोनाका कारण बन्द भएका १० प्रतिशत व्यवसाय सञ्चालनमा आउन नसकेको राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांकले देखाएको छ । केही उद्योग व्यवसाय आंशिक रूपमा सञ्चालनमा आउन थालेका छन् । समग्रमा राष्ट्रिय औसतलाई विश्लेषण गर्ने हो भने कोरोना महामारीअगाडिको तुलनामा व्यवसाय सञ्चालनको अवस्था चिन्ताजनक देखिन्छ । कोरोनामहामारीपछि ५३ दशमलव ९५ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको देखिन्छ भने आंशिक रूपमा ३६ दशमलव ९८ प्रतिशतमात्र सञ्चालनमा आएको देखिन्छ । कोरोनाका कारण बन्द भएका १० प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आउन नसक्दा १३ प्रतिशतले आप्mनो रोजगारी गुमाउनु परेको छ । स्वदेशमै कोभिड–१९ विरुद्धको खोपको व्यवस्था नहुँदा थुप्रै उद्योग व्यवसाय पूर्णरूपमा बन्द छन् । होटेल व्यवसाय, सिनेमा, सार्वजनिक यातायात, शिक्षण संस्था ठप्प छन् । नेपाली अर्थतन्त्रको प्रमुख अंश मानिएको पर्यटन क्षेत्रमा संलग्न १५ लाख मानिस बेरोजगार बन्न पुगेका छन् । देशले पूर्णरूपमा खोपको व्यवस्था गरेको सन्देश विश्वमा फैलिएपछि मात्र नेपालमा विभिन्न मुलुकबाट पर्यटक नेपाल भित्रिने छन् । नत्र त्यसो नगरेसम्म नेपालको पर्यटन क्षेत्र झन् धराशयी हुने देखिन्छ । यसलाई कोरोनापूर्वको स्थितिमा पुर्‍याउन केही दशक लाग्ने देखिन्छ । हालसम्म देशमा करीब ७० प्रतिशतमात्र उद्योग खुले पनि तिनीहरूको उत्पादन भने ३० प्रतिशतमा मात्र सीमित बनेको छ । राजस्वमा योगदान गर्ने वैदेशिक रोजगार, पर्यटन वा उद्योग व्यवसायलाई पूर्णरूपमा चलायमान गराउने अहिलेको महत्त्वपूर्ण विकल्प नै खोप हो । त्यसैले कोभिड–१९ विरुद्धको खोपका लागि सरकारले ढिलाइ गर्न नहुने देखिन्छ । लेखक कौशल उमाविमा अध्यापन गर्छन् ।