नेवानिको सोभेनियर सेल्स काउन्टर

काठमाडौं (अस) । नेपाल वायुसेवा निगमले नेपाली मौलिक उत्पादन स्वदेशी/विदेशी यात्रुलाई उपलब्ध गराउन निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टर स्थापना गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उक्त सेल्स काउन्टर उद्घाटन गरे । केन्द्रीय कार्यालयको टिकट बिक्री कक्षमा खोलिएजस्तै सोभेनियर सेल्स काउन्टर निगमका अन्य कार्यालयमा पनि क्रमशः विस्तार गर्दै जाने लक्ष्य रहेको नेवानिले बताएको छ । विपन्नको सीपलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई स्वदेशी एवं विदेशी यात्रुको माध्यमबाट अन्तर्राष्ट्रिय जगत्मा पुर्‍याउने उद्देश्यले निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टर स्थापना गरिएको हो । नेपाली कच्चा पदार्थ बाँस, घाँस आदिबाट बनेका ढक्की, ब्यालेट, पर्सका साथै कप, टि–म्याट, विमान चढ्दा सजिलोका लागि लगाउने नेक पिलोजस्ता सामान सेल्स काउन्टरमा उपलब्ध हुनेछन् ।