काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रणमा निर्दोष नफस्ने र दोषी नछुट्ने गरी कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन् । नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्ने गरेको गुनासोलाई सम्बोधन गर्दै निर्दोष नफस्ने र दोषी नछुट्ने गरी केही ऐन र नियमावलीमा सुधार गर्ने बताए । […]