गाउँगाउँमा लघु उद्योग, गाउँमै रोजगारी

ताप्लेजुङ : मैवाखोला गाउँपालिका–४ साँघुका पहलमान चोङबाङले घरमै हाते कागज उद्योग सञ्चालन गर्दै आएका छन्। उनको उद्योगमा १८ जनाले दैनिक काम रोजगारी पाइरहेका छन्।  स्थानीय जंगलमा पाइने अर्गेली र लोक्ताको प्रयोग गरी उद्योगबाट वार्षिक एक हजार तीन सय कोरी (एक कोरीमा २०० ताउ हुन्छ) कागज उत्पादन हुने गरेको छ। उत्पादन...

सम्बन्धित सामग्री

श्रममन्त्री अर्याल भन्छन्– सहकारीले अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेलेको छ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मुलुकको अर्थतन्त्रमा सहकारी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारी रोजगार मेलाको समापन समारोहमा बोल्दै मन्त्री अर्यालले सहकारीले रोजगारी सिर्जना गर्नेदेखि साना व्यवसाय स्थापित गर्नमा सहयोग पुर्‍याएको बताए । मन्त्री अर्यालले सहकारीले गाउँगाउँमा पुगेर प्रत्येक मानिसलाई बचत...

नेपालमा इसाई धर्म प्रसारमा दक्षिण कोरियाली भूमिका

नेपालीहरुलाई आकर्षक रोजगारी दिएर आर्थिक रुपमा टेवा दिएको दक्षिण कोरियाले नेपालमा धर्म परिवर्तनमा पनि ठूलै योगदान दिएको छ । नेपालमा इसाई धर्म प्रचारमा कोरियाको ठूलो हात रहेको छ । बिबिसिले केही साताअघि सार्वजनिक गरेको समाचार विवरणमा नेपालमा इसाई धर्म प्रचार गर्न दक्षिण कोरियाली धर्म प्रचारकहरु गाउँगाउँमा चर्च स्थापना गर्दै गएका छन् । हुन त जबरजस्ती …

गाउँमा रोजगारी नहुँदा बूढादेखि बालासम्म कालापहाड

आठबिस नगरपालिका–५ निवासी ४६ वर्षका डिल्ली तिरुवाको करिब दुई दशक कालापहाड गएरै बित्यो । कालापहाड नगई तिरुवाको चुलो बल्दैन्, लालाबालाको मुखमा माड पर्दैन । १५ वर्षको उमेरबाट कालापहाड धाउन थालेका डिल्ली ४६ वर्ष पुग्दा पनि उनको कालापहाडको यात्रा छुटेको छैन ।मुलुकमा संघीयता लागू भयो । सिंहदबारको अधिकार गाउँगाउँमा आयो । तीन तहका सरकार सञ्चालन भए […]

ठाकुरबाबा नगर स्थापनाको ४ वर्ष : प्रयास थुप्रै, उपलब्धि न्यून

बर्दिया : गाउँगाउँमा सिंहदरबार भन्दै निकै तामझामका साथ स्थापना गरिएका स्थानीयतहरूले नगरलाई समृद्ध बनाउन निकै प्रयास थालेका छन्। त्यमध्येको एक पालिका हो, बर्दियाको ठाकुरबाबा नगरपालिका। ठाकुरबाबा नगरपालिकाले स्थापनाको ४ वर्षमा नगरलाई समृद्ध बनाउन निकै प्रयास गरेको छ। तर उपलब्धि भने सोचेजस्तो हात पर्न सकेको छैन।गएको वर्ष कोरोना महामारीपछि धेरै युवाहरू रोजगारी गुमाएर गाउँ फर्किए। आफ्ना नगरका युवालाई गाउँमै रोजगारी सिर्जना गराउने भन्दै नगरले कृषि तथा पशुपालनमा ठूलो रकम छुट्यायो। जसमा सबै लाभ वास्तविक

कोरोना नियन्त्रणका लागि गाउँगाउँमा सचेतना जगाउदै दोलखा प्रहरी

पहाडी जिल्ला दोलखाका गाउँ गाउँमा कोरोनाको लक्षण सहितका बिरामी देखिन थालेपछि प्रहरीले समुदाय स्तरबाटै बस्ती बस्तीमा पुगेर सचेतना जगाउन थालेको छ ।  रोजगारी वा अन्य सिलसिलामा शहरी क्षेत्रमा बसोबास गर्ने...

गाउँमै रोजगारी: परिवारमा खुशीयाली

बरेङ गाउँपालिका–२ हुग्दीशिरकी कमला शर्मा बिहान १०ः०० नबज्दै कुटो कोदालो समातेर काममा निस्कनुहुन्छ । एक महिनादेखि उहाँको काम स्थानीय सडकका नाली खन्ने, जाली भर्ने र ढुङ्गा बोक्ने हो । गाउँपालिकाले बेरोजगारको सूचीमा राखेर उहाँलाई एक महिनायताको कामले निकै राहत दिएको छ । उहाँका श्रीमान् पीताम्बर शर्मा धेरै काम गर्न सक्नुहुन्न । पहिले पहिले गुल्मीको चोकाटे र शान्तिपुरबाट भारी बोकेर परिवार पाल्नुभएका पीताम्बरको रोजगारी गाउँगाउँमा पुगेका सडकले खोसिदियो । भारी बोक्ने कामसमेत खोसिएपछि अर्कैको घरमा गोठालो, खेतालो गरेर छाक टार्दै आएको शर्मा परिवारमा यतिबेला गाउँपालिकाले दिएको रोजगारीले घर चलाउने आधार बनेको छ ।

रोजगार कार्यक्रमबाट ५ हजार युवा लाभान्वित

जुम्लामा प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट पाँच हजार भन्दा बढीले रोजगार पाएका छन् । आर्थिक वर्ष २०७६-०७७ मा यहाँका आठ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहका पाँच हजार युवाले सय दिनको रोजगारीबाट लाभान्वित भएका हुन् । गाउँगाउँमा खानेपानी, कुलो, पाटी पौवा, भवन, शौचालय, खेल मैदान, गोरेटो बाटो, सडकमर्मत र ग्रामीण सडक निर्माणका गर्दै जिल्लाका पाँच हजार बेरोजगार युवाले रोजगारी पाएका हुन् ।

गाउँमा भित्रिएका डोजरले मजदुर विस्थापित

पछिल्लो समय यहाँका गाउँपालिमा सडक खन्न भित्रिएका डोजरका कारण श्रमिकहरू विस्थापित हुन थालेका छन् । जिल्लाका स्थानीय तहले निर्माण गर्ने सडकहरू उपभोक्ता समितिमार्फत गर्ने भनिए पनि यहाँका गाउँगाउँमा डोजर र स्काभेटर प्रयोग गरेर सडक निर्माण भइरहेका छन् । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हिसाबले उपभोक्ता समितिको अवधारणा आए पनि स्थानीय तहले मेशिन प्रयोग गरेर सडक निर्माण गरिरहेकाले श्रमिकहरू काम नपाउँदा विस्थापित हुँदै गएको स्थानीयवासीको आरोप छ ।

गाउँमा डोजर पस्यो, युवाहरु काम खाेज्न भारत छिरे

डोटी । गाउँमा सडक खन्न डोजर भित्रिएपछि श्रमिकहरु विस्थापित हुन थालेका छन् । जिल्लाका स्थानीय तहले निर्माण गर्ने सडक उपभोक्ता समितिमार्फत गर्ने भनिए पनि यहाँका गाउँगाउँमा डोजर र स्काभेटर प्रयोग गरेर सडक निर्माण भइरहेका छन् । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हिसाबले उपभोक्ता समितिको अवधारणा आए पनि स्थानीय तहले मेशिन प्रयोग गरेर सडक निर्माण गरिरहेकाले श्रमिकहरु …

गम्बुट रोजगारी

प्रधानमन्त्री रोजगार कार्यत्रम गाउँगाउँमा गएछ । केही स्थानीय निकायमा यो कार्यक्रम सुरु भइसकेछ, केहीमा तयारी हुँदै रहेछ, बाँकीमा पनि लागू होला नै ।