निजी विद्यालयमा चर्को शुल्क : सरकारी वकिलद्वारा फाइल फिर्ता

विद्यार्थीसँग चर्को शुल्क उठाइरहेका निजी विद्यालयविरुद्ध ठगी मुद्दा चलाउन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दर्ता गराएको अभियोगपत्र सरकारी वकिलको कार्यालयले विभागमै फिर्ता पठाएको छ। ठगीअन्तर्गत मुद्दा दायर गर्न राय माग गर्दै विभागले दर्ता गरेको अभियोगपत्रमा पर्याप्त प्रमाण नपुगेको भन्दै वकिलको कार्यालयले फिर्ता पठाइदिएको हो। विभागले दुई साताअघि द चाँदबाग स्कुलविरुद्ध काठमाडौं जिल्ला सरकारी…

सम्बन्धित सामग्री

चर्को शुल्क लिँदै सरकारी विद्यालय

काठमाडौं, चैत २६। नियमनकारी निकायको कमजोरीको फाइदा उठाउँदै निजी विद्यालय सञ्चालकले यस वर्ष पनि विद्यार्थीबाट चर्को शुल्क असुल्न थालेका छन्। शैक्षिक सत्र सुरु हुनै लाग्दा तिनीहरूले आफूखुसी शुल्क तोक्दै विद्यार्थी तथा अभिभावकलाई बिल पठाउन थालेका छन्। यसबीचमा कतिपय विद्यालयले भर्नासमेत सुरु गरिसकेका छन् तर कुन तहका विद्यार्थीबाट भर्ना तथा मासिक शुल्कबापत कति रकम लिने भन्ने […]

लगामबाहिर निजी विद्यालय

काठमाडौं : राजधानीलगायत मुलुकभर सञ्चालित निजी विद्यालयलाई प्रचलित ऐनकानुनअनुसार नियमन गर्न सरकार असफल रहेको सरकारी अध्ययनले देखाएको छ। अधिकांश निजी विद्यालय आफूखुशी नियम बनाउँदै चल्ने गरेको पाइएको छ। प्रचलित कानुनविपरीत आफूखुशी निर्णय गर्दै व्यवस्थापन तथा सञ्चालनमा रहेका कारण अभिभावक चर्को शुल्क तिर्न बाध्य भएको अध्...