काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले काम गरेको देखेर षड्यन्त्र गरेर हटाएको टिप्पणी गरेका छन्। एमाले संखुवासभाको अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘चुनावमा जान नदिन अदालत सरकारबाटै हटाइयो। संसदलाई समेत थाहा नदिई परमादेशबाट सरकार बनाइयो। एमालेले दुनियाँ हल्लाउनेगरी काम गरिरहेको छ। षड्यन्त्र गरेर हटाइएको थियो। षड्यन्त्र सधैँ टिक्दैन।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट विद्रोह गरेका माधव नेपाललाई संकेत गर्दै ओलीले