तत्कालिन संविधान सभा सदस्य डा. दुमन सिंह थापाको ६२ वर्षको उमेरमा निधन भएको छ ।
आइतवार राती उनको निधन भएको नेकपा एस अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले लोकान्तरलाई जानकारी दिए ।
अर्घाखाँचीबाट थापा दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । काठमाडौंको हेम्स अस्पतालमा सघन उपचारको क्रममा निधन भएको हो ।
थापालाई कोरोना संक्रमण भएको बताइएको छ । थापाको करिब दुई वर्षअघि मृगौला प्रत्यारोपण भएको थियो ।
३ दिन अगाडि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना ...