मोरङमा टिपरको ठक्करबाट नेपाली काँग्रेस धनकुटाका सचिव कृष्ण थापाको मृत्यु भएको छ। धनकुटाबाट झापा जाने क्रममा आइतबार राति ७ः ४० बजे मोरङको विराटचोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा थापासहित दुई जनाको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता मानबहादुर राईका अनुसार दुर्घटनामा धनकुटा पाख्रिबासका ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालिका ४ का अन्दाजी ३५ वर्षीय दीपु शाहको मृत्यु भएको छ । थापा काँग्रेस धनकुटाका जिल्ला सचिव हुन् भने शाह बेलबारीस्थित एनएमबी बैंक शाखा