विराटनगर । विराटनगरको विकासका लागि एसियाली विकास बैंक (एडीबी)ले तेस्रो चरणको काम सुरु गरेको छ ।
एडीबीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइराला र महानगरका पदाधिकारीसँग भेटघाटन गरी हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेका हुन् ।
एडीबीको सहयोगमा विराटनगरमा एकीकृत फोहोर व्यवस्थापनको केन्द्र, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला निर्माण, सहरी...