रानाभाटले पाए विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार

२४ कात्तिक, काठमाडौं । जनस्वास्थ्य अनुसन्धानविद कमल रानाभाट २०७८ सालको ‘नास्ट विज्ञान तथा प्रविधि प्रवर्द्धन’ राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले गरेको एक विशेष कार्यक्रममा नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले रानाभाट लगायतलाई सम्मान गरे । दीर्घ मिर्गौला रोगीहरुमा कोभिड १९ खोपको असरबारे नेपालमा पहिलो अध्ययन गरेको, नसर्ने रोगहरुको […]

सम्बन्धित सामग्री

स्वास्थ्य पत्रकार अतुल मिश्रलाई नाष्टको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले यसवर्षको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार स्वास्थ्य पत्रकार अतुल मिश्रलाई प्रदान गर्ने भएको छ। नाष्टको ४६ औं प्राज्ञसभाले उक्त निर्णय गरेको हो।

नवौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन सुरु

नवौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन काठमाडौंमा सोमबारदेखि सुरु हुँदैछ।

‘जेभियर विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनी २०२३’ को आयोजना (तस्बिरसहित)

काठमाडाैँ- जेभियर इन्टरनेसनल कलेजले विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनीको आयोजना गरको छ। काठमाडौँको कालोपुलस्थित जेभियर इन्टरनेसनल कलेजले बिहीबारदेखि ‘जेभियर विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनी २०२३’ को आयोजना गरेको हो। प्रदर्शनीमा २० वटा स्टलहरू रहेका र ती स्टलहरूमा अचारसँग सम्बन्धित, व्यापार, सिँचाइसम्बन्धी, खानासम्बन्धी र पर्यटनसँग सम्बन्धित विभिन्न प्रदर्शनी रहेको आयोजकले जनाएको छ। सो प्रदर्शनी […]

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पाठ्यक्रम तयार

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा बनेको विधेयक प्रमाणीकरणसँगै यो नयाँ विश्वविद्यालय सञ्चालनको वैधानिक बाटो खुलेको छ । विज्ञान र प्रविधिका क्षेत्रमा नेपालमै पहिलो विश्वस्तरको अनुसन्धानमूलक हुने यो विश्वविद्यलायको विधेयक प्रतिनिधिसभाको गत असार २० गतेको बैठकबाट पारित भएको थियो । त्यसपछि राष्ट्रियसभाबाट पनि पारित भएपछि राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेश भएको हो …

राष्ट्रपतिद्धारा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणिकरण

काठमाडौं, १८ साउन । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणिकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणिकरणको लागि पेश भएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणिकरण गरेकी हुन् । विधेयक प्रमाणीकरणसँगै अब मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न बाटो […]

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण

काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले संसद्को दुवै सदनको बैठकबाट पारित भई पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेकाे विज्ञप्तिमा जनाइएको छ।

बागमती प्रदेशले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने

बागमती प्रदेशले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने बताएका हुन् । प्रदेश विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको प्रक्रिया सुरू गरिने उनले बताए । त्यस्तै युवाहरूलाई...

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा सूचना पहुँच केन्द्र स्थापना

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मुलुकमै पहिलो पटक सूचना पहुँच केन्द्र सञ्चालनमा ल्याएको छ । सो केन्द्रको आज शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादव, मन्त्रालयका सचिव सुरेश आचार्य तथा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकका साथै दक्षिण कोरिया–नेपाल सूचना पहुँच केन्द्रका अध्यक्ष मुन योङसिकले संयुक्त रुपमा उद्घाटन गरे […]