नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा सूचना पहुँच केन्द्र स्थापना

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मुलुकमै पहिलो पटक सूचना पहुँच केन्द्र सञ्चालनमा ल्याएको छ । सो केन्द्रको आज शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादव, मन्त्रालयका सचिव सुरेश आचार्य तथा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकका साथै दक्षिण कोरिया–नेपाल सूचना पहुँच केन्द्रका अध्यक्ष मुन योङसिकले संयुक्त रुपमा उद्घाटन गरे […]

सम्बन्धित सामग्री

नास्टमा सूचना पहुँच केन्द्र स्थापना

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले मुलुकमै पहिलो पटक सूचना पहुँच केन्द्र सञ्चालनमा ल्याएको छ । सो केन्द्रको बिहीवार शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादव, मन्त्रालयका सचिव सुरेश आचार्य, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकका साथै दक्षिण कोरिया–नेपाल सूचना पहुँच केन्द्रका अध्यक्ष मुन योङसिकले संयुक्त रूपमा उद्घाटन गरे । ‘केन्द्र नामक मोबाइल भ्यानले मुलुकका ग्रामीण भेगमा पुगी शिक्षित र अशिक्षितबीचको खाडल भर्न सहयोग गर्ने विश्वास लिएको छु,’ उनले भने । यसैगरी सचिव आचार्यले नास्टमा सो केन्द्रको व्यवस्था भएसँगै सूचना र प्रविधिको क्षेत्रमा सहज हुने बताए । नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले आफूहरूले सो पहुँच केन्द्र स्थापनाका लागि सन् २०१९ मा कोरिया सरकारलाई प्रस्ताव बुझाए बमोजिम २०२० भित्र नास्टमा आवश्यक सम्पूर्ण सामग्री जडानको काम सम्पन्न गरेको बताए । ‘मुलुकमा कोरोना महामारी भएकाले समयमै प्रयोगमा ल्याउन पाएनौं । केन्द्रको सहयोगमा सूचना र प्रविधिबारे अनभिज्ञ मानिसलाई विज्ञ तुल्याई मोबाइल, ल्यापटपदेखि भाइबरका साथै म्यासेन्जर आदि सम्पूर्ण डिजिटल प्लेटफर्म चलाउन सिकाउनेछौं,’ उनले भने । नास्टले सो घुम्ती पहुँच केन्द्रलाई वर्षमा एक पटक सातै प्रदेशमा लगेर जनताको माग बमोजिम प्रविधिका बारेमा सिकाइने उनले बताए । रासस

नाष्टले सञ्चालनमा ल्यायो सूचना पहुँच केन्द्र, वर्षमा एक पटक सातै प्रदेशमा लगिने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मुलुकमै पहिलो पटक सूचना पहुँच केन्द्र सञ्चालनमा ल्याएको छ । सो केन्द्रको आज शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादव, मन्त्रालयका सचिव सुरेश आचार्य तथा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकका साथै दक्षिण कोरिया–नेपाल सूचना पहुँच केन्द्रका अध्यक्ष मुन योङसिकले संयुक्त रुपमा...

नास्टले ल्यायो 'घुम्ती सूचना पहुँच केन्द्र'

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले घुम्ती सूचना पहुँच केन्द्र सञ्चालनमा ल्याएको छ ।