काठमाडाैं : नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजय गच्छदार १० लाख धराैटी बुझाएर बिशेष अदालतबाट रिहा भएका छन्। अदालतले उपस्थित हुन पटक–पटक दिएको आदेश उल्लंघन गर्दै आएका गच्छदार आफ्नो पार्टी कांग्रेस नेतृत्वको सरकार गठन भएसँगै आज बिहान मात्र अदालतमा पुगेका थिए। बालुवाटार जग्गा प्रकरणमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो। मुद्दाको म