जुम्ला पुगेर प्रचण्डले भने- कर्णाली प्रदेशमा प्रतिगामीहरूलाई शून्य बनाइदिनुस्

‘कर्णालीमा पहिले बिरामी ओसारिन्थ्यो, अहिले डाक्टर उत्पादन गरेर देशभरिका बिरामीलाई उपचार गर्न पठाउन सक्ने भइसकेको छ,’ प्रचण्डले भने

सम्बन्धित सामग्री

कर्णाली प्रदेशमा योजनाको ठेक्का कात्तिक भित्रै लगाउन निर्देशन

काठमाण्डौ – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले जुम्लाका कार्यालय प्रमुखहरूलाई बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिनुभएको छ । पुल, भवन, शिक्षा तथा स्वास्थ्यका संरचनालगायतका विभिन्न योजनाको अनुगमन तथा निरीक्षणका लागि शनिवार जुम्ला पुग्नभएका उहाँले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनमा प्रदेश सरकारले लिएको लक्ष्य हासिल गर्न आग्रह समेत गर्नुभयो । उहाँले कार्यालय प्रमुखले राखेका गुनासो सम्बोधनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।  जिल्लामा रहेका प्रदेशका कार्यालयले गर्नुपर्न...

कर्णाली प्रदेशमा एचआईभी सङ्क्रमण बढ्दो

सुर्खेत – पछिल्लो समय कर्णाली प्रदेशमा एचआइभी सङ्क्रमण बढ्दै गइरहेको छ । हाल प्रदेशभर करिब सात सय एचआईभी सङ्क्रमित रहेका छन् । पाँच जिल्लामा छ सय ९० एचआइभी सङ्क्रमित अहिले नियमित उपचारमा रहेका छन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार सबैभन्दा धेरै एचआइभी सङ्क्रमित सुर्खेतमा छन् भने अन्य पाँच जिल्ला जुम्ला, हुम्ला डोल्पा, मुगु […]

पहिरोले पानीको मूलमा क्षति गरेपछि कर्णाली प्रदेशमा खानेपानीको समस्या

जुम्ला – गएको असोज १९ गतेदेखि २४ गतेसम्मको अविरल वर्षापछि आएको पहिराेले मूलमा क्षति भएपछि कर्णाली प्रदेशमा नागरिकलाई खानेपानीको समस्या भएको छ । बाढी र वर्षाका कारण माथिल्लो कर्णालीका विशेष गरी कालीकोट, जुम्ला, मुगु र हुम्ला गएको पहिरोले खानेपानीका मूलमा क्षति पुगेको छ भने कतै मुहान नै बाढीले बगाएर लगेको छ । पहिरोले मूल नै बन्द भएपछि त्यहाँका नागरिक खोलाको फोहर पानी खान बाध्य भएका छन् । यसले आउँ पर्ने, झाडापखाला लगायतका विभिन्न रोग लाग्ने समस्याको खतरा पनि बढ्दै गएको छ । ‘पहिरोले कतै मूल ढाकेको...

बाढीपहिरोको क्षति अध्ययन गर्न कर्णालीमा खटियो प्राविधिक टोली

कर्णाली प्रदेशमा बाढीपहिरोबाट भएको क्षतिको प्रारम्भिक अध्ययन गर्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राविधिक टोली खटाएको छ। असोज तेस्रो र अन्तिम साता हुम्ला, जुम्ला, मुगु र कालिकोटमा बाढीपहिरोले...

कर्णाली प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान

नेपाल बैंक Nepal Bank Limited  ले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान शुरु गरेको छ । बैंकले पुस ४ मा मोडेल कलेज सुर्खेतमा, ६ गते सुर्खेत बहुमुखी क्याम्पसमा, र अमरदीप क्याम्पसमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।  बैंकले मोडेल कलेज, सुर्खेत बहुमुखी क्याम्पस र अमरदिप क्याम्पसको सहकार्यमा बिधार्थीहरुलाई डिजिटल बैकिङ्ग सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ्गका प्रविधिहरुमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको जनाएको छ। बैंकका अनुसार उक्त कार्यक्रमहरुमा करिब ३०० बिद्यार्थीहरु सहभागि भएका थिए । उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धि जानकारी, नेपाल बंैकको विभिन्न सेवा सुविधाहरु, डिजिटल बंैकिङ्ग प्रविधिहरु, बिद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बंैकिङ्गका विविध आयामहरुको बारेमा जानकारी गराईएको थियो । बैंकको जुम्ला शाखाको पहलमा जुम्ला बहुमुखी क्याम्पस जुम्लामा पुस ८ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।८५ औ बर्ष प्रवेश गरेको बैंकले हाल ७२ जिल्लाका २१३ शाखाहरु, १५० एटिएम र ४७ एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई सेवा प्रदना गरिरहेको छ ।

कांग्रेस महाधिवेशनः कर्णालीका अधिकांश वडामा सर्वसम्मत नेतृतव चयन

वीरेन्द्रनगर– नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशमा अधिकांश वडा तहको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ। जाजरकोट, दैलेख मुगु, जुम्ला र हुम्लामा सर्वसम्मत नेतृत्व चयन भएका छन्। जाजरकोटका ७७ वटा वडाको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ। यद्यपी जिल्लाको नेतृत्व चयनमा भने चुनाव हुन सक्ने सम्भावना देखिन्छ। दैलेखका ९० वडामा पनि सर्वसम्मत नेतृत्व चयन […]

कर्णाली प्रदेशमा एकिकृत समाजवादीकाे पल्ला भारी

सुर्खेत । एमाले विभाजन भएपछि माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) मा खुल्न थालेका छन् । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई २२ भदौसम्म दल रोज्ने समय दिएको छ । दल रोज्ने समय दुई दिन बाँकी रहँदा कर्णालीका १० जिल्लामध्ये दैलेख, जुम्ला, सल्यानका स्थानीय तहका जनप्रतिनिधिले धमाधम दल रोज्न थालेका हुन् । दैलेखका २७, सल्यानका […] The post कर्णाली प्रदेशमा एकिकृत समाजवादीकाे पल्ला भारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कर्णाली प्रदेशमा खाद्यान्न ढुवानीका लागि करीब साढे २ करोड बजेट

जेठ १२, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले  खाद्यान्न ढुवानीका लागि करीब साढे २ करोड बजेट छुट्याएको छ । सरकारले ८ हजार ३०० क्विन्टल खाद्यान्न ढुवानीका लागि २ करोड ४७ लाख ९८ हजार रुपैयाँ छुट्याएको हो ।  तत्कालका लागि मुगु, हुम्ला र डोल्पामा खाद्यान्न ढुवानीका लागि खाद्य प्रविधि तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतलाई उक्त बजेट दिने निर्णय गरेको प्रदेश सरकारका प्रवत्ता सीताकुमारी नेपालीले जानकारी दिइन् । अनुदान स्वरुप दिइने उक्त बजेट कम्पनीलाई उपलब्ध गराउन सोमवार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति दिएको छ । त्यस्तै खाद्यान्न कार्यक्रम सञ्चालन भइरहेका कालिकोट र डोल्पामा पनि थप खाद्यान्न खरीद गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । खाद्यान्न खरीदका लागि आवश्यक बजेट स्थानीय तहलाई उपलब्ध गराउन पनि सोही मन्त्रालयलाई स्वीकृति दिएको छ ।  कर्णाली प्रदेशमा भोकमरी टार्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालू आर्थिक वर्षमा डोल्पा, हुम्ला, जुम्ला, मुगु र कालिकोटका लागि ४१ हजार २०० क्विन्टल खाद्यान्न स्वीकृत गरेको छ । तर कोरोना महामारीका कारण भोकमरी पर्ने डरले डोल्पा, हुम्ला, मुगु र जुम्लामा थप खाद्यान्न माग गरेका छन् ।  महामारीका कारण चीनबाट खाद्यान्न आपूर्ति बन्द हुनु र अधिकांश नागरिकहरू गाउँ फर्किएपछि डोल्पा, हुम्ला, मुगु र जुम्लाले थप ४० हजार क्विन्टल खाद्यान्न माग गरेका छन् । जसमध्ये मुगुले १८ हजार, हुम्लाले १६, डोल्पा र जुम्लाले ३–३ हजार क्विन्टल खाद्यान्न माग गरेका छन् । वर्षेनी खाद्यान्न संकट पर्ने कर्णाली प्रदेशमा यो वर्ष कोरोना महामारीका थप संकट पर्ने अनुमान गरिएको छ ।

कर्णालीमा एकै दिन थपिए २१४ कोरोना संक्रमित

१८ वैशाख, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा २१४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २१४ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १७२ जना छन् । यस्तै […]

कर्णालीमा एकैदिन थपिए १३८ कोरोना संक्रमित

१४ वैशाख, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा १३८ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार १३८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १२९ जना छन् । यस्तै जाजरकोटका […]