शिक्षक कल्याण समाजको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार ८० भन्दा बढी चिकित्सकहरुले सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छाडेका छन् । सात वर्षदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै सामूहिकरुपमा उनीहरू काठमाडौं हिँडेका हुन् । उनीहरुले स्वास्थ्य मन्त्रालयमा घेराउ र धर्ना दिन बीपी प्रतिष्ठान छाडेका हुन् ।