धनुषा । दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुने गरेको छ । दशैं सकिएलगत्तै दिपावली तथा छठपर्वको आगमनले जनकपुरधामसहित देशभरका बजारमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढेको छ । दशैं सकाएर काममा फर्किने तथा तिहार र छठपर्व मनाउनका लागि आ–आफ्नो गाउँघर आउनेहरुको क्रम जारी छ ।
सर्वसाधारणले ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा खर्च गर्नाले अर्थतन्त्र चलायमान भइरहेको हुन्छ । आधिकांशले चाडपर्वका बेला अन्य समयमा भन्दा बढी खर्च गर्ने भएकाले पनि अर्थतन्त्र चलायमान छ भन्ने देखाउँछ ।
“वर्षभरि कर्मचारीले थप एक महिनाको तलब पाउँछन् । थप तलब दशैं खर्चका लागि दिइने पुरानो चलन हो । यो समयमा बजारमा पैसा चलायमान हुने भएकाले चाडपर्वलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्वका रुपमा मान्न सकिन्छ”, अर्थशास्त्री डा सुरेन्द्र लाभले भने । उनका अनुसार दशैं तिहारलाई लक्षित गरी नयाँ सवारीसाधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्धलगायत हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो ।
“पहिले पनि दशैं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो । पहिले चाडपर्व विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेकाले यही अवसरमा लत्ताकपडासहित सामानको किनमेल गर्ने गर्दछन्”, डा लाभले भने, “कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ ।”
दशैंमा करिब रु १० अर्ब मूल्य बराबरको लत्तकपडाका साथै अन्य खाद्यान्न, माछा, मासु एवम् पेय पदार्थकोसमेत कारोबार बढ्ने व्यवसायीको भनाइ छ । जनकपुरमा मात्र हरेक वर्ष दशैंमा २५ हजार खसिबोका खपत हुँदै आएको छ ।
यसरी वर्षमा एक पटक नयाँ लुगा सिलाउने, मासुभात खाने, रमाइलो गर्ने चाड भएकाले पनि खर्च बढ्ने गरेको कतिपय अर्थविद्को भनाइ छ । उनीहरुका अनुसार दशैं र तिहार जस्ता पर्वले अर्थतन्त्रलाई पुनर्जीवन दिन्छ ।
पछिल्ला वर्षमा बजारमा चहलपहल बढ्ने अर्को कारण दशैंको समयमा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भएको अर्थशास्त्री बताउँछन् । विदेशमा बस्ने नेपालीले यही समयमा बढी रेमिट्यान्स पठाउने गरेका छन् । अन्य महिनाको तुलनामा दशैंमा करिब २५ देखि ३० प्रतिशत बढी रकम रेमिट्यान्स आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
राष्ट्र बैंकका अनुसार औषतमा दशैंताका करिब रु १०/१५ अर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । यसमा भारतमा काम गर्न गएका नेपालीले दशैंमा घर फर्किंदा लिएर आउने रकम भने जोडिएको छैन ।
दशैंदेखि छठ पर्वसम्म बजारमा करिब ५ अर्ब रुपैयाँको कारोबार हुने गरेकाले पनि यो प्रमुख चाडपर्वको आर्थिक पाटो वास्तवमा नै वृहत रहेको अर्थशास्त्री डा लाभको भनाइ छ । खर्च गर्ने प्रवृत्ति बढ्दै जानुले व्यापारीका लागि यो समय एक किसिमले वर्षभरिलाई पुग्नेगरी नाफा कमाउने समय भएको उनले बताए ।
दशैं आसपासको समयमा मात्रै अन्य समयको १० महिना बराबर व्यापार हुने गरेको नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले बताए । उनका अनुसार छुट तथा विभिन्न आर्कषक योजनाका कारण पनि यसबेला बजारमा रौनक बढेको हुन्छ ।
“यतिखेर मधेस प्रदेशको राजधानी जनकपुरधाममा दशैंको निकै चहलपहल बढेको छ । आजदेखि दिपावली अर्थात लक्ष्मी पूजाले गर्दा बजारमा किनमेल गर्नेको जनकपुरमा भीड लागेको छ”, उनले भने । खाद्यान्न, कपडा, कस्मेटिक तथा गरगहना पसलमा मानिसको भीड लागेको छ ।
जनकपुरका मुख्य बजार शिव चोक, राम चोक, मुरली चोक, जानकी चोक लगायतका ठाउँमा किनमेल गर्ने मानिसको बाक्लो उपस्थिति देखिन्छ । गाउँदेखि सहरसम्म धुमधामका साथ मनाइने यस्ता पर्वमा व्यापारसमेत बढ्ने गर्दछ । रासस
काठमाडौँ – फूलहरुको पर्व तिहार सुरु भएको छ। अघिल्ला दुई वर्ष कोरोना भाइरसको महामारीका कारण खासै चहलपहल नभए पनि यसपाली भने तिहारको रौनक बढेको छ। यतिबेला काठमाडौँको इचङ्गुनारायणमा फूलको व्यसायिक खेती गर्नेहरुलाई फूल टिप्ने चटारो छ। सयपत्री फूलले पहेंलपुर बनेको बारीमा किसानहरु फूल टिप्न व्यस्त छन्। इचङ्गु डाँडा सयपत्री फूलले ढाकिएको छ। तिहारमा सयपत्री फूलको […]
तिहार र छठ जस्ता मधेसका प्रमुख चाडपर्व नजिकिए पनि वीरगन्जका २ वटा भन्सारमा यी चाडपर्वको चहलपहल देखिएको छैन । अघिल्ला वर्षहरूमा तिहार र छठ पर्व नजिकिँदा लत्ताकपडा, दिपावलीको बत्ती, मदिरा, तास, जुत्ता, ड्राइफुड लगायत वस्तुहरूको आयात बढ्दा वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सारमा चहलपहल बढ्ने गर्थ्यो । यस वर्ष भने तिहार नजिकिँदा पनि त्यस्तो चहलपहल छैन ।
कात्तिक १९, हुम्ला । तिहार पर्वमा हुम्ला सदरमुकाम सिमकोटमा निकै चहलपहल बढिरहेको छ । पर्वका अवसरमा किनेमेल गर्नेका भीडले बजार चहलपहल बढेको हो ।
तिहारका लागि आफ्ना दाजुभाइका लागि टोपी, फूलमाला र सुपारीलगायतका सामग्री खरीद गर्नका लागि आउँदा सिमकोटका पसल व्यवसायी व्यस्त छन् ।
बजारमा बालबालिकाले देउसी खेलेर रौनक बढाएका छन् । यतिखेर देउसीका लागि सामग्री जिल्ला बाहिरबाटै महँगोमा आएको छ । आर्थिक अभावका कारण सामग्री किन्नलाई समस्या भएको गाउँबाट आएका महिलाको भनाइ छ ।
कृत्रिम प्लास्टिक मालाको माग बढ्यो
जिल्लामा कृत्रिम फूलमालाको माग बढेको छ । यो वर्ष तिहार केही ढिला भएका कारण मखमली र सयपत्री फूल पाइन छाडेपछि बजारमा प्लास्टिक तथा कृत्रिम फूलका मालाको माग बढेको हो ।
जिल्लामा मखमली र सयपत्री फूलको उत्पादन कम हुनुका साथै उत्पादन हुने गरे पनि यो समय अभाव भएपछि प्लास्टिक, कपडाको मालामा भारी वृद्धि भएको हो । तिहारलाई लक्ष्य गरी व्यापारीले नेपालगञ्ज, सुर्खेतबाट हवाईजहाजमार्फत प्लास्टिकका माला भित्र्याएका छन् ।
सबैजसो पसल व्यवसायीले जिल्ला बाहिरबाट ल्याएका रङ्गीचङ्गी प्लास्टिकका कृत्रिम माला बेच्नका लागि राखेका छन् । पूरै सिमकोट बजार मालाले सिङ्गारिएको छ भने व्यापारीले ग्राहकलाई आकर्षित गर्न पसलमा माला सजाएर राखेका छन् ।
जिल्लामा मखमली र सयपत्री फूल उत्पादन कम हुने गरेपछि यहाँका व्यापारीले प्लास्टिकका मालाप्रति ग्राहक आकर्षित बनाउने गरेका छन् । तिहारमा माला सबैभन्दा बढी विक्री हुने भए पनि जिल्ला बाहिरबाट माला ल्याउने गरेको व्यापारीले बताउने गरेका छन् । प्रत्येक माला व्यापारीले न्यूनतम रु ५० देखि ३०० भन्दा माथिसम्म विक्री गर्ने गरेका छन् ।
यसले गर्दा सिमकोट र खार्पुनाथ गाउँपालिकासहित बजारवासी गरेर यसको लाखौँको कारोबार हुने पुष्टि गरेको छ । अहिले सबैजसो बजारमा माला किन्नेको भीडभाड बढेको छ । जिल्लामा व्यवसायिक फूलखेती नभएको जानकारी दिइएकोे छ । रासस
३० कात्तिक, रामपुर । नेपाली हिन्दूहरुको ठूलो पर्व तिहार अर्थात् भाइटीकाको चहलपहल नहुँदा यस वर्ष गाउँघर प्रायः सुनसान जस्तै देखिन्छन् ।
यस पटक कोरोना भाइरसको सङ्क्रमणले गर्दा पनि गाउँघरमा तिहारको रौनक छाउन सकेको छैन । त्यसैले …
नेपाली हिन्दूहरुको ठूलो पर्व तिहार अर्थात् भाइटीकाको चहलपहल नहुँदा यस वर्ष गाउँघर प्रायः सुनसान जस्तै देखिन्छन् । यस पटक कोरोना भाइरसको सङ्क्रमणले गर्दा पनि गाउँघरमा तिहारको रौनक छाउन सकेको छैन । त्यसैले यो वर्ष बाहिरबाट भाइटीका लगाउन गाउँ भित्रिनेको सङ्ख्या पनि घटेको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो ।
अघिल्ला वर्षमा तिहारका लागि पाल्पाका विभिन्न बजारमा सामान किनमेल गर्नेको निकै घुइँचो हुने गर्दथ्यो । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि उपहारस्वरुप टोपी लगायतका विभिन्न उपहार किन्न फेन्सी पसलहरुमा भीडभाड हुन्थ्यो । यसपालि भने तिहारका लागि उपहार किन्न आउने ग्राहक कम रहेको व्यवसायीहरु बताउँछन् । टीका लगाइदिएपछि दाजुभाइलाई टोपी लगायतका विभिन्न उपहार दिदीबहिनीले दिने र दाजुभाइले दिदीबहिनीलाई नगद तथा उपहार दिने चलन छ । यस उपहारका लागि पाल्पाको ढाका टोपी नेपालमा निकै नै लोकप्रिय छ ।