तीन बालिका र एक बालकको उद्धार

सिन्धुलीमा उद्धार गरिएका एक बालक र तीन बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । आज प्रहरीले बालबालिका अभिभावकको जिम्मा लगाएको हो । हिजो साँझ बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरबाट उद्धार गरिएका बालबालिकालाई प्रहरीले आज अभिभावकको जिम्मा लगाएको हो ।     जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका–६ मा डेरा बस्ने सिन्धुलीको कमलामाई नगरपालिका–२, दुधौली नगरपालिका–१ र लमजुङको मस्र्याङ्दी गाउँपालिका...

सम्बन्धित सामग्री

एकमहिनामा देशभरबाट २३६ सडकआश्रित मानवको उद्धार

३३ दिनको अवधिमा १७९ पुरुष, ५७ महिला, ५ बालिका र ४ बालकको उद्धार भएको आश्रमले शुक्रबार विज्ञप्तिमार्फत् जानकारी गराएको हो ।

मानव बेचबिखनमा वीरगञ्ज नाकाको प्रयोग बढ्दो

पर्सा । पछिल्लो समय पर्साको वीरगञ्ज नाका मानव बेचबिखनका लागि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको पाइएको छ । मानव तस्करले बेचबिखन गर्ने उद्देश्य राखेर आफै विवाह गर्ने, भारतीय नागरिकसँग विवाह गराइदिनेलगायत प्रलोभनमा पारी बालबालिका, किशोरी तथा महिलालाई उक्त नाका हुँदै भारतका विभिन्न शहरमा पुर्‍याउने गरेको पाइएको छ । पर्सामा मानव बेचबिखनको घटनासम्बन्धी तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महीना अवधिमा ७३ जनाको भारतका विभिन्न ठाउँबाट प्रहरीले उद्धार गरी नेपाल फर्काएको छ । गत साउनदेखि पुस मसान्तसम्ममा भारतका विभिन्न स्थानबाट ५९ महिला र १४ बालिकाको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । आर्थिक वर्ष २०७८/७९ मा पर्सा प्रहरीले भारतको विभिन्न शहरबाट १११ महिला, ४१ बालिका र ३८ बालकको उद्धार गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा ८५ महिला, २२ बालिका र एकबालकको उद्धार गरिएको गिरीले बताए । आर्थिक वर्ष २०७८/७९ मा १०८ महिला, १३३ बालिका, ४५ बालक र चार ज्येष्ठ नागरिक पर्साबाट हराएको उजुरी दर्ता भएकोमा १०५ महिला, १०८ बालिका, ४३ बालक र तीन ज्येष्ठ नागरिक फेला परेका प्रहरीले बताएको छ । आर्थिक वर्ष २०७७/७८ मा वीरगञ्ज नाका हुँदै पर्सामा ६५ महिला, ३१ बालक, ९३ बालिका र सात ज्येष्ठ नागरिक हराएको उजुरी  प्रहरीमा परेको थियो । तीमध्ये ६१ महिला, २९ बालक, ९० बालिका र सात ज्येष्ठ नागरिक फेला परेका प्रहरीको तथ्यांकमा उल्लेख छ । बेचबिखनमा परेका बालबालिका, किशोरकिशोरी तथा महिलाको उद्धारमा कठिनाइ हुने गरेको मानव उद्धारमा सक्रिय संरक्षण नेपालका अध्यक्ष वृजमोहन कुश्वाहाले बताए । ‘दुवै देशको ऐन प्रभावकारी नभएकाले उद्धारमा कठिनाइ भइरहेको छ,’ उनले भने । संरक्षण नेपालका पारस प्रसादले भारतका विभिन्न संघसंस्था र प्रहरीसँग समन्वय गरी चालू आर्थिक वर्षको ६ महीनामा ३७ बालक र १८ बालिका उद्धार गरिएको जानकारी दिए । रासस

मुम्बईबाट १० बालकको उद्धार

नेपालबाट बालिका मात्रै होइन, बालकसमेत भारतका सहरमा तस्कर हुने गरेको खुलेको छ । मुम्बईको श्रम बजारबाट १० बालकको उद्धार गरिएपछि घटना पुष्टि भएको हो । मानव बेचबिखन नियन्त्रण ब्युरोको अनुसार रौतहट, मोरङ...