मानव बेचबिखनमा वीरगञ्ज नाकाको प्रयोग बढ्दो

पर्सा । पछिल्लो समय पर्साको वीरगञ्ज नाका मानव बेचबिखनका लागि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको पाइएको छ । मानव तस्करले बेचबिखन गर्ने उद्देश्य राखेर आफै विवाह गर्ने, भारतीय नागरिकसँग विवाह गराइदिनेलगायत प्रलोभनमा पारी बालबालिका, किशोरी तथा महिलालाई उक्त नाका हुँदै भारतका विभिन्न शहरमा पुर्‍याउने गरेको पाइएको छ । पर्सामा मानव बेचबिखनको घटनासम्बन्धी तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महीना अवधिमा ७३ जनाको भारतका विभिन्न ठाउँबाट प्रहरीले उद्धार गरी नेपाल फर्काएको छ । गत साउनदेखि पुस मसान्तसम्ममा भारतका विभिन्न स्थानबाट ५९ महिला र १४ बालिकाको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । आर्थिक वर्ष २०७८/७९ मा पर्सा प्रहरीले भारतको विभिन्न शहरबाट १११ महिला, ४१ बालिका र ३८ बालकको उद्धार गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा ८५ महिला, २२ बालिका र एकबालकको उद्धार गरिएको गिरीले बताए । आर्थिक वर्ष २०७८/७९ मा १०८ महिला, १३३ बालिका, ४५ बालक र चार ज्येष्ठ नागरिक पर्साबाट हराएको उजुरी दर्ता भएकोमा १०५ महिला, १०८ बालिका, ४३ बालक र तीन ज्येष्ठ नागरिक फेला परेका प्रहरीले बताएको छ । आर्थिक वर्ष २०७७/७८ मा वीरगञ्ज नाका हुँदै पर्सामा ६५ महिला, ३१ बालक, ९३ बालिका र सात ज्येष्ठ नागरिक हराएको उजुरी  प्रहरीमा परेको थियो । तीमध्ये ६१ महिला, २९ बालक, ९० बालिका र सात ज्येष्ठ नागरिक फेला परेका प्रहरीको तथ्यांकमा उल्लेख छ । बेचबिखनमा परेका बालबालिका, किशोरकिशोरी तथा महिलाको उद्धारमा कठिनाइ हुने गरेको मानव उद्धारमा सक्रिय संरक्षण नेपालका अध्यक्ष वृजमोहन कुश्वाहाले बताए । ‘दुवै देशको ऐन प्रभावकारी नभएकाले उद्धारमा कठिनाइ भइरहेको छ,’ उनले भने । संरक्षण नेपालका पारस प्रसादले भारतका विभिन्न संघसंस्था र प्रहरीसँग समन्वय गरी चालू आर्थिक वर्षको ६ महीनामा ३७ बालक र १८ बालिका उद्धार गरिएको जानकारी दिए । रासस

सम्बन्धित सामग्री

बेचविखनको जोखिममा परेका दुई जनाको वीरगञ्जबाट उद्धार

२४ फागुन, वीरगञ्ज । बेचबिखनको जोखिममा परेका दुई जना महिलाको वीरगञ्जबाट उद्धार गरिएको छ । मानव बेचबिखन नियन्त्रणका लागि काम गर्दै आएको संस्था आफन्त नेपालले दुई जनाको उद्धार गरेको हो । सर्लाही घर भएकी १४ वर्षीया बालिका र सुनसरीको धरान बस्ने २६ वर्षीया महिलाको उद्धार गरिएको आफन्त नेपाल वीरगञ्जकी प्रमुख सुनिता सापकोटाले जानकारी दिइन् । […]

युवतीलाई भारतमा बेच्न खोजेको आरोपमा पर्साबाट १ जना पक्राउ

मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले पर्साको वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१४ घर भएका ४२ वर्षीय बाबु घिसिङ छन् । माइती नेपालको सहयोगमा वीरगञ्ज महानगरपालिका–१६ बाट २२ वर्षीया युवतीलाई भारततर्फ लिएर हिँडेका घिसिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।घिसिङले युवतीलाई भारतको कलकत्तास्थित अस्पतालमा मासिक ६० हजार रूपैयाँको काम लगाइदिने प्रलोभन देखाएर काठमाडौंबाट वीरगञ्ज लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थ

बलात्कार तथा बेचबिखनको आरोपमा महिलासहित तीनजना पक्राउ

प्रहरीले मानव बेचबिखन तथा जबर्जस्ती करणी गरेको घटनामा संलग्न रहेको आरोपमा एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्खुवासभा खाँदबारी नगरपालिका–१० घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ मा कार्की होटल सञ्चालन गर्दै आएकी ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की), मोरङ जिल्ला कटहरी गाउँँपालिका–४ घर भई हाल पर्सा वीरगञ्ज –८ बस्ने २५ वर्षीय सुरजकुमार साह, …

मानव बेचबिखन र करणीमा संलग्न महिलासहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले मानव बेचबिखन तथा जबर्जस्ती करणीको घटनामा संलग्न रहेको आरोपमा एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सङ्खुवासभा खाँदबारी नगरपालिका–१० घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ मा कार्की होटल सञ्चालन गर्दै आएकी ४२ वर्षीया लक्ष्मी बुढाथोकी, मोरङ जिल्ला कटहरी गाउँँपालिका–४ घर भई हाल पर्सा वीरगञ्ज –८ बस्ने...

मानव बेचबिखन र बलात्कार आरोपमा वीरगञ्जमा ३ जना पक्राउ

काठमाडौं : मानव बेचबिखन तथा जवरजस्ती करणी अभियोगमा पर्सा प्रहरीले एक महिलासहित ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट आरोपी तीनै जनालाई शनिबार र आइतबार राति पक्राउ गरेको हो।पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका-४ का २५ वर्षीय सुरजकुमार साह, जुम्ला हेमा गाउँपालिका-३ का ३५ वर्षका हरिचन्द्र नाथ योगी र संखुवासभा खाँदबारी नगरपालिका-१० घर भइ हाल वीरगञ्ज-१६ बस्ने ४२ वर्षकी लक्ष्मी बुढाथोकी कार्की रहेका छन्।वीरगञ्ज-८ स्थित एक रेष्टुरेन्टमा काम गर्ने साहले काठम

जबर्जस्ती करणी अभियोगमा रेस्टुरेन्ट सञ्चालिकासहित ३ जना पक्राउ

वीरगञ्ज – मानव बेचबिखन तथा जबर्जस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका–४ घर भई वीरगञ्ज महानगरपालिका–८ स्थित एक रेस्टुरेण्टमा काम गरी बस्ने २५ वर्षीय सुरजकुमार साह, जुम्ला हेमा गाउँपालिका–३ जोगीवडा घर भई वीरगञ्ज–१६ फूलबारी टोलमा डेरा गरी बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी र वीरगञ्ज महानगरपालिका–१६ स्थित कार्की होटलकी […]

विवाहको प्रलोभनमा युवतीमाथि बलात्कार, अलपत्र युवती अर्का व्यक्तिबाट पनि जोगिइनन्

काठमाडौं । मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ३ जनालाई पर्सा प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-८ स्थित एक रेष्टुरेण्टमा काम गर्ने मोरङ कटहरी गाउँपालिका-४ का २५ वर्षीय सुरजकुमार साह, वीरगञ्ज महानगरपालिका-१६ फुलबारी टोल डेरा गरी बस्ने जुम्ला हेमा गाउँपालिका-३ जोगीवडाका ३५ वर्षीय हरिचन्द्रनाथ योगी र वीरगञ्ज महानगरपालिका-१६ स्थित […]

मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

पर्सा– मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–८ स्थित एक रेष्टुरेन्टमा काम गरी बस्ने २५ वर्षीय सुरज कुमार साह, वीरगञ्ज महानगरपालिका–१६ फूलबारी टोल डेरा गरी बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी र वीरगञ्ज महानगरपालिका–१६ स्थित कार्की होटलकी सञ्चालिका ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की) […]

वीरगञ्जबाट एक युवतीको उद्धार

१७ असोज, वीरगञ्ज । बेचबिखनमा पर्न लागेकी एक युवतीको वीरगञ्जबाट गरिएको छ । सशस्त्र प्रहरी बल र आफन्त नेपालको संयुक्त टोलीले नुवाकोट घर भएकी २२ वर्षीय युवतीलाई उद्धार गरेको हो । बेचबिखनमा संलग्न रहेको आरोपमा भारतको पूर्वी चम्पारण भुलाहीका ३३ वर्षीय मुन्ना आलम पक्राउ परेका छन् । आलमविरुद्ध पर्सा जिल्ला अदालतमा मंगलबार मानव बेचबिखन तथा […]

मानव बेचबिखन मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

२१ फागुन, वीरगञ्ज । बारा प्रहरीले मानव बेचबिखन मुद्दाका फरार एक अभियुक्तलाई १४ वर्षपछि पक्राउ गरेको छ । बाराको साविक नरही गाविस–९ बेलाही टोल बस्ने जगदिश दास पक्राउ परेका हुन् । प्रहरीका अनुसार ०६३ मंसिर २१ …