रौतहटका आधा दर्जन सामुदायिक वनमाथि अख्तियारमा उजुरी

रौतहट : रौतहटका आधा दर्जन सामुदायिक वन उपभोक्ता समूहहरूले आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार अनुसन्धान दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। काठ कटान तथा बिक्री वितरणमा आर्थिक अनियमिता गरेको आरोपमा जिल्लाका विभिन्न छवटा सामुदायिक वन उपभोक्ता समूहविरुद्ध आयोगमा उजुरी परेको जिल्ला वन कार्यालय रौ...

सम्बन्धित सामग्री

अख्तियारबाटै पीडित विद्यालय व्यवस्थापन पदाधिकारी

विद्यालयमा गुणस्तरीय शिक्षाका लागि विद्यार्थीबाट सङ्कलन गरिएको सामान्य शुल्कको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दुःख दिने कार्य भएको सुर्खेतका सामुदायिक विद्यालय व्यवस्थापन समितिले जनाएका छन् । विद्यालयमा गुणस्तरीय शिक्षा सञ्चालनका लागि समस्या भएपछि सामान्य रूपमा अभिभावकबाट शुल्क असुल गरिएका विषयमा अख्तियारमा उजुरी दिइने र पटक पटक बयानका लागि बोलाएर दुःख दिएको गुनासो विद्यालय व्यवस्थापन समितिको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ कर्णाली प्रदेशले आइतबार सुर्खेतमा गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालय व्यवस्थापन समितिको भूमिका विषयक अन्तर्क्रिया आयोजना गरेको थियो । सो कार्यक्रमका सहभागीले देशभरका सामुदायिक विद्यालय अख्तियारमा धाउँदा धाउँदा हैरानी खेप्नु परेको गुनासो गरेका हुन् । महासङ्घका कर्णाली प्रदेश अध्यक्ष गोविन्द कोइरालाले शुल्क उठाइएको विषयमा उजुरी परेपछि आफूहरू पटक पटक अख्तियार धाउँदा हैरानी खेप्नु परेको बताउनुभयो ।

निर्माण सकेको २ महिनामै स्कुलको छानो चुहिएपछि अख्तियारमा उजुरी

बागलुङको एक सामुदायिक विद्यालय भवन निर्माणपछि हस्तान्तरण भएको दुई महिनामै छानोमा भ्वाङ परेपछि निर्माण गर्ने संस्था र प्राविधिकविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

बुवालुङ अनियमितता प्रकरण : अख्तियार आयोगको स्थलगत छानबिन सुरु

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा सञ्चालित योजनामा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत छानबिन सुरु गरेको छ । सडक, विद्यालय, सामुदायिक वन, एकीकृत बस्ती, कृषि अनुदानलगायत विकासे काममा अनियमितता भएको भन्दै प्रशासन, अख्तियारमा उजुरी परेको थियो ।