छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल स्थानीय तहको निर्वाचनअघि काठमाडौंमा बस्दै आएका थिए । गाउँपालिका अध्यक्षको टीकट पाएसँगै गाउँ फर्किएका उनी गाउँ छोड्न सकेनन् । आफ्नो घर भाडामा दिएका पोख्रेल अहिले कान्छा हजुरबुबाको घरमा बस्दै आएका छन् ।
जुम्लाको सदरमुकाममा खलंगा पनि सुनसान बन्न पुगेको छ भने गाउँमा गुल्जार हुन थालेका छन्। विगतमा गाउँ विकास समितिका सबैजसो सचिव सदरमुकाममै बस्थे अहिले उनीहरू वडामा पुगेका छन्।...
दसैंको रौनकसँगै कालीकोटको सदरमुकाम मान्म बजार सुनसान भएको छ भने गाउँमा चहलपहल बढेको छ । बजारमा रहेका ब्यापारी, कर्मचारी, राजनैतिक दलका नेता कार्यकर्ता सबै घरतिर जान थालेको देखेपछि यहाँका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले भने, 'दसैंमा एक्लै भइएला जस्तो छ ।' उनकाअनुसार धेरैजसो कर्मचारी पनि दसैं बिदामा हिँडसके ।
दसैँ नजिकिँदै गर्दा जिल्लाका विभिन्न गाउँमा चहलपहल बढेको छ । जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा जिल्ला सदरमुकाम सिलगढी भने सुनसान बन्दै गएको छ । यहाँका जिल्ला सदरमुकाममा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी तथा कतिपय सरकारी कर्मचारी जिल्ला बाहिरिएपछि सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल सुनसान […]
बैतडी : संघीयताको कार्यान्वयनसँगै पछिल्लो समय बैतडी सदरमुकाम क्षेत्रका बजारमा मानिसको चहलपहल घट्दै जान थालेकोे छ। राज्यको पुनर्संरचनासँगै संघीयताको कार्यान्वयन भएपछि स्थानीय तह बलियो हुँदा सदरमुकाम सुनसान भएको छ भने विकट गाउँहरूसमेत भरिन थालेका छन्।
सानासाना काममा पनि सदरमुकाम र केन्द्रको मुख ताक्नुपर्ने परम्...
देश संघीयतामा गएसँगै पूर्वाधार विस्तारसँगै लगानी र आम्दानीको केन्द्र बनेको जिल्ला सदरमुकाम मार्तडी सुनसान हुन थालेको छ । सदरमुकाममा हुने चहलपहल स्थानीय तहका केन्द्रमा बढेको छ ।
बड्डीकेदार गाउँपालिकाले सदरमुकाम खड्यौलीमा आवासका लागि घर नपाएपछि अध्यक्ष कृष्णबहादुर चन्द जीर्ण रहेको खाली घर मर्मत गरी भाडामा बसे । गाउँपालिकाको कार्यालयका लागि थप २ कच्ची घर मर्मत गरी काम चलाइएको छ ।