नेपाल र भारतसहित ६ देशका यात्रुमाथिको प्रतिबन्ध हट्यो

संयुक्त अरब इमिरेट्स (यूएई)ले कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न छ देशका यात्रुमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ । कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउनेजाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको थियो । यात्रा प्रतिबन्ध हटाइएका छ मुलुकमध्ये नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगान्डा रहेका छन् । यूएईको ‘नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटी’ (एनसीईएमए) ले ट्वीटमार्फत जारी सन्देशमा भनिएको छ , “यात्...

सम्बन्धित सामग्री

हेलिकोप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो - NepaliPatra

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर उडानमा लगाएको प्रतिबन्ध हटाएको छ। प्राधिकरणले गएको असारमा ‘मनसुन अवधि– सेप्टेम्बरसम्म’ सुरक्षाको कारण देखाउँदै माउन्टेन, सिलिङ र पुष्पवृष्टि उडानमा निषेध गरेको हो। यो अवधिमा विशेष प्रकृतिको हेलिकोप्टर उडानमा समेत प्रतिबन्ध लगाइएको थियो। हेलिकोप्टर दुर्घटनाका कारण नेपाली आकाश असुरक्षित रहेको सन्देश गएकाले उडानमा कडाइ गरेको थियो। मनसुन सकिएसँगै प्रतिबन्ध हटाएको […]

दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाइएको प्रतिबन्ध हट्यो - NepaliPatra

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाएको छ । प्राधिकरणले उडानसम्बन्धी मापदण्डलाई कडाइका साथ लागू गर्दै देशभरको पहाडी क्षेत्रमा अवस्थित ‘सर्ट टेक अफ एन्ड ल्यान्डिङ’ (स्टोल) अर्थात् छोटो उडान र अवतरण हुने विमानस्थलमा यसअघि लगाइएको उडान समयावधि हटाएको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उडान सुरक्षा मापदण्डको […]

केराउ, मरिच, छोकडा र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हट्यो

कात्तिक १३,  काठमाडौं । नेपाल राष्ट्र बैंकले मरिच, केराउ, छोकडा र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ ।            केन्द्रीय बैंकले शुक्रवार एक सूचनामार्फत ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको बताएको छ । बैंकका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको बन्देजसमेत हटेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै त्यस्तो बन्देज तत्काललाई हटेको बताएको हो ।            केन्द्रीय बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालू आवका लागि लागि कुल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी व्यवस्था गरिएको कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए। यस्तै सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई चालू आवका लागि २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने भएको छ ।            छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालू आवका लागि ५० हजार मेट्रिक टन आयात गर्न सकिने भएको छ । सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिइने राष्ट्र बैंकले बताएको छ ।            त्यस्तै, ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको जानकारी दिंदै बैंकले सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिने भएको छ । बीउविजन ऐन, २०४५ ले नेपालमा सूचीकृत एवं दर्ता भएका बीउविजनको मात्र विक्री वितरण गर्न पाइने व्यवस्था गरेको छ । रासस

केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हट्यो

नेपाल राष्ट्र बैंकले मरिच, केराउ र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ। केन्द्रीय बैंकले आज एक सूचनामार्फत ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको जनाएको छ।

केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हट्यो

नेपाल राष्ट्र बैंकले मरिच, केराउ र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको जनाएको छ ।  बैंकका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको  बन्देजसमेत हटेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै त्यस्तो बन्देज तत्काललाई हटेको जनाएको हो ।केन्द्रीय बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालू आवका लागि लागि

साउदी अरबको ‘रेड लिस्ट’ मा नेपाल परेन, नेपालमाथिको प्रतिबन्ध हट्यो

काठमाडौं। साउदी अबरले ‘रेड लिस्ट’ बाट नेपाललाई हटाएको छ। कोरोना संक्रमणको जोखिमलाई लिएर साउदीले जारी गरेको नयाँ ‘रेड लिस्ट’मा भारतलगायत १६ देश छन्। ‘रेड लिस्ट’मा परेका देशको भ्रमण गर्नेलाई साउदी सरकारले तीन वर्षको यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यसअघि नेपाल पनि ‘रेड लिस्ट’ मा थियो। नयाँ ‘रेड लिस्ट’ मा भारत,युएई,लिविया,सिरिया, लेबनान,यमन,इरान,टर्की, आर्मेनिया,इथोपिया,सोमालिया,कंगो, अफगानिस्तान, भेनेजुयला, बेलारुस र भियतनाम छन्।