नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै भदौ ६ गते मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो ।