नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिबार १ करोड ३४ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा ४ कम्पनीको गरि १ करोड ३४ लाख ९१ हजार ८ सय ८९ कित्ता बोनस शेयर सुचिकृत भएको हो । आज माछापुच्छ्रे बैंक, आशा लघुवित्त, साधना लघुवित्त , र गुराँस लघुवित्तको बोनस सेयर सुचिकृत भएको हो । आज माछापुच्छ्रे बैंकको १३.३० प्रतिशतले हुन आउने १ करोड २० लाख ४० हजार ६ सय १० कित्ता बोनस शेयर सुचिकृत भएको हो । त्यस्तै आशा लघुवित्तको २५ प्रतिशतले हुन आउने ६ लाख ६७ हजार ८ सय २८ कित्ता बोनस शेयर, साधना लघुवित्तको २५ प्रतिशतले हुन आउने ६ लाख ४२ हजार ४ सय ५१ कित्ता बोनस शेयर र गुराँस लाघुबिताको १६.९०६४ प्रतिशतले हुन आउने १ लाख ४१ हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।