तीन गाउँपालिकामा अझै पुगेनन् वाणिज्य बैंक

काठमाडौं। देशका ७५३ मध्ये ३ वटा स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न सकेका छैनन्। राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितीको तथ्यांकले तीन गाउँपालिकामा वाणिज्य बैंक नपुगेको बताएको हो। धादिङको रुविभ्याली, जाजरकोटको जुनीचाँदी र बझाङको साइपाल गाउँपालिकामा बैंकले शाखा खोल्न नसकेका हुन्। भौगोलिक विकटता र सुरक्षा चुनौतिका कारण यस्तो भएको बताइएको छ।

सम्बन्धित सामग्री

१०६१ मेगावाटको अपर अरुणमा एचआइडिसिएलको नेतृत्वमा ५३ अर्ब लगानी गर्न सम्झौता

अपर अरुण जलविद्युत आयोजनाको लागि लगानी जुटाउने विषयमा आज सैद्धान्तिक सम्झौता भएको छ।  हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को नेतृत्वमा ५३ अर्ब १४ करोड लगानीको लागि सैद्धान्तिक सम्झौता भएको हो ।  आज साँझ  नयाँ बानेश्वर स्थित होटेल एभरेष्टमा उर्जा मन्त्री पम्फा भुषालको उपस्थितिमा सम्झौता भएको हो ।  नेपाल विद्युत प्राधिकरणले अपर अरुण जलविद्युत आयोजना निर्माणको लागि अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेड नामक कम्पनी स्थापना गरेको छ।  अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेड र एचआइडिसिएलबीच आज सम्झौता भएको हो ।एचआइडिसिएलको अगुवाईमा आयोजनाको लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषले ऋण लगानी गर्ने छन् । यी ४ संस्थाले ५३ अर्ब १४ करोड जुटाउने गरि आज सैद्धान्तिक सम्झौता भएको हो । यसमा अन्य कम्पनीलाई जोड्दै जाने र त्यसपछि मात्र ऋण सम्झौता हुने बताईएको छ । आयोजनामा लगानी गर्न निफ्रा र नेपाल टेलिकम पनि इच्छुक छन् । १ हजार ६१ मेगावाटको यस आयोजनाको लागि २ खर्ब १४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । जसमा ५३ अर्ब स्थानीय बैंक तथा वित्तीय संस्थाबाट जुटाइने छ । ९७ अर्ब रुपैयाँ विदेशी लगानी रहनेछ भने ६४ अर्ब रुपैयाँ शेयर लगानी रहने छ । आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकारको पनि लगानी रहने छ ।  माथिल्लो अरुणमा लगानी गर्न विश्व बैंक, एशियाली पूर्वाधार लगानी बैंकलगायतका बहुपक्षीय दातृ निकाय पनि तयार छन् । उर्जा मन्त्रालयले यस आयोजनाको लागि लगानी ब्यबस्थापनको जिम्मा एचआइडिसिएललाई दिएको थियो । अपर अरुण जलविद्युत आयोजना नेपाल सरकारबाट जलविद्युत आयोजनाहरुमध्ये रुपान्तरणकारी आयोजनाको (Game Changer Project) रुपमा घोषित अपर अरुण जलविद्युत आयोजना (१०६१ मे.वा.) नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो-इलेक्ट्रिक कम्पनीबाट प्रवर्धन तथा विकास भईरहेको छ।संखुवासभा जिल्ला भोटखोला गाउँपालिकामा अवस्थित यस पिकिंग रन-अफ-रिभर आयोजनाको हाल सम्मको अध्ययन अनुसार अरुण नदीमा १८३ मी. लामो र करिव १०० मी. उचाईको बाँध निर्माण गरी ८.५ कि.मी. लामो सुरुङ्ग मार्फत पानी ल्याई छोग्राक स्थीत भूमिगत जलबिद्युतगृहमा खसालिने छ । आयोजनाबाट बार्षिक करिव ४५१२ GWh अर्थात ४ अर्ब ५१ करोड युनिट विद्युत उत्पादन हुनेछ । जसमध्ये करिव ३०% सुक्खायाममा उत्पादन हुनेछ । उत्पादित विद्युतलाई पावर हाउसदेखि करिव ६ कि.मी. ४०० के.भी. डबल सर्किटको प्रशारण लाइन निर्माण गरी हाइटार संखुवासभा स्थीत सबस्टेसनमा जोडिने योजना रहेको छ । हाल सम्मको अध्ययन अनुसार आयोजनाको कुल लागत १७५० MUSD (२ खर्ब १४ अर्ब नेपाली रुपैया) रहेको छ ।सन् २०२४ को अन्त्य तिर शुरु भई सन् २०३० को अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको हाल सम्भाव्यता अध्ययन कार्य सम्पन्न भई टेन्डर डिजाईन तथा निर्माण सुपरिवेक्षण कार्यको लागि परामर्शदाता छनौट गर्ने कार्य भईरहेको छ । आयोजनाको पूर्व तयारी कार्य मध्ये आयोजनाको २१ कि.मि. लामो पहुँचमार्ग निर्माण कार्यको लागि बोलपत्रदाता छनौट गर्न प्राप्त बोलपत्रहरुको मुल्यांकन कार्य भईरहेको छ भने आयोजनाको लागि आवश्यक करिव २२५ हेक्टर जग्गाको मुआब्जा निर्धारण भई वितरण गर्ने क्रममा रहेको छ । आयोजनाबाट करिव २२ घरधुरी भौतिक रुपमा बिस्थापित हुनेछन भने आयोजनाको निर्माणबाट वातावरणीय तथा सामाजिक प्रभावहरु तुलनात्मक रुपमा न्यून रहेको अध्ययनबाट देखिएको छ । पहुँच मार्गको निर्माण कार्य सन् २०२३ को पुर्वार्धबाट शुरु गर्ने योजना रहेको छ । जलविद्युतको विकास तथा निर्माणमा नेपाली जनताको सहभागिता र स्वामित्व भाव कायम गरि आन्तरिक पुँजिबजारको माध्यमबाट प्रत्येक नेपाली नागरिकलाई जलविद्युत आयोजनाको विकास हेतु शेयर लगानी गर्ने अवसर प्रदान गर्ने र त्यसको समुचित प्रतिफल प्राप्त गर्ने अवसर तयार गर्न सरकारले यस आयोजनालाई जनताको जलविद्युत कार्यक्रम 'नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी' मा समावेश गरेको छ ।

एनएमबि बैंकको अगुवाईमा २ वटा हाइड्रोमा ३ अर्ब ५६ करोड लगानी सम्झौता

एनएमबि बैंकले १३.५ मेगावाट तथा १२ मेगावाटका क्रमश सुपर कावेली खोला – ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको सुपर कावेली खोला – ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरु क्रमश स्नो रिभर्स प्रा. लि. तथा हिल्टन हाइड्रो इनर्जी प्रा. लि. द्घारा निर्माण भइरहेको हो । यस आयोजनाहरुमा एनएमबि बैंक लि. अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ । १३.५ मेगावाट (सुपर कावेली खोला – ए जलविद्युत आयोजना) तथा १२ मेगावाट (सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजना) क्षमता भएको आयोजनाहरुको कुल लागत क्रमश रु २ अर्ब ४१ करोड तथा रु. २ अर्ब १४ करोड रहेको छ जसमध्ये बैकहरुको लगानी क्रमश रु. १ अर्ब ८९ करोड तथा रु. १ अर्ब ६७ करोड रहने छ । यो आयोजनासमेत एनएमबि बैंक लि.ले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।    एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

तीन गाउँपालिकामा अझै पुगेनन् वाणिज्य बैंक

काठमाडौं। देशका ७५३ मध्ये ३ वटा स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न सकेका छैनन्। राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितीको तथ्यांकले तीन गाउँपालिकामा वाणिज्य बैंक नपुगेको बताएको हो। धादिङको रुविभ्याली, जाजरकोटको जुनीचाँदी र बझाङको साइपाल गाउँपालिकामा बैंकले शाखा खोल्न नसकेका हुन्। भौगोलिक विकटता र सुरक्षा चुनौतिका कारण यस्तो भएको बताइएको छ।

अब ३ ओटा मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी : राष्ट्र बैंक

जेठ १, काठमाडौं । मुलुकभरका कुल ७५३  ओटा स्थानीय तहमध्ये अब तीन ओटा मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पुर्‍याउने सरकारको योजना पूरा हुन लागेको छ ।             नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ ।             केन्द्रीय बैंकले कुल ७५३ ओटा स्थानीय तहमध्ये ७५० ओटा स्थानीय तहमा (क) वर्गका वाणिज्य बैंकका शाखा विस्तार भएको बताएको छ । विसं २०७६ को चैत मसान्तसम्मको विवरणमा भने कुल ७४६  ओटा स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुलेका थिए । विसं २०७७ को चैत मसान्तसम्म भने ७५० ओटा स्थानीय तहमा शाखा खुलेका छन् ।             बाँकी रहेका स्थानीय तहमा समेत आवश्यक भौतिक पूर्वाधार, सूचना सञ्चार तथा अन्य सुरक्षाको प्रबन्ध गरेर छिट्टै वाणिज्य बैंकका शाखा खुल्ने केन्द्रीय बैंकले विश्वास लिएको थियो ।             ग्रामीण क्षेत्रका नागरिकलाई समेत सहज रुपमा वित्तीय सेवा र पहुँच पु¥याउनका लागि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पनि विशेष सुविधा र सुहलियत दिंदै आएको छ ।             यस्तै गत चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको संख्या १४० ओटा रहेको छ । त्यसमध्ये २७ ओटा वाणिज्य बैंक, १८ ओटा विकास बैंक, २० ओटा वित्त कम्पनी, ७४ ओटा लघुवित्त वित्तीय संस्था र एक ओटा पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । देशभर बैंक तथा वित्तीय संस्थाको शाखा संख्या १० हजार ५४६  ओटा पुगेको छ । रासस

यी तीन गाँउपालिकामा अझै पुगेनन् बैंक

काठमाडौं। देशका तीन गाँउपालिकामा अझै वाणिज्य बैंक पुग्न सकेका छैनन्। नेपाल राष्ट्रका अनुसार चालू आर्थिक वर्ष २०७७÷७८ को चैत मसान्तसम्ममा धादिङ, बझाङ र जाजरकोटका गाँउपालिकामा बैंक पुग्न नसकेका हुन्। धादिङको रुवीभ्याली, बझाङको काँडा र जाजरकोटको जुनीचाँदिमा वाणिज्य बैंकले शाखा खोल्न सकेका छैनन्। भौगोलिक विकटता, सडकमार्गको अभाव र सुरक्षा चूनौतीका कारण ती गाउँपालिकामा बैंक पुग्न नसकेका हुन्।

यी तीन गाँउपालिकामा अझै पुगेनन् बैंक

काठमाडौं। देशका तीन गाँउपालिकामा अझै वाणिज्य बैंक पुग्न सकेका छैनन्। नेपाल राष्ट्रका अनुसार चालू आर्थिक वर्ष २०७७÷७८ को चैत मसान्तसम्ममा धादिङ, बझाङ र जाजरकोटका गाँउपालिकामा बैंक पुग्न नसकेका हुन्। धादिङको रुवीभ्याली, बझाङको काँडा र जाजरकोटको जुनीचाँदिमा वाणिज्य बैंकले शाखा खोल्न सकेका छैनन्। भौगोलिक विकटता, सडकमार्गको अभाव र सुरक्षा चूनौतीका कारण ती गाउँपालिकामा बैंक पुग्न नसकेका हुन्।

फेदीखोला गाउँपालिकामा प्राइम कमर्सियल बैंक

स्याङजाको फेदीखोला गाउँपालिकामा पहिलो वाणिज्य बैंक कको रूपमा प्राइम कमर्सियल बैंक पुगेको छ । फेदीखोला गाउँपालिकाबाट स्याङजाको सदरमुकाम करिब १७ किलोमिटर टाडा वाणिज्य बैंक मा कारोबार गर्न जानुपर्ने स्थानीयको बाध्यतालाई उक्त बैंकको शाखा स्थापनाले घर दैलोमै सेवा हुने भएको हो ।

विस्थापित भएकाे १७ वर्षपछि बैंकले सुरु गर्‍याे सेवा

पर्वत : जिल्लाको महाशिला गाउँपालिकामा १७ वर्षपछि राष्ट्रिय वाणिज्य बैंक पुनर्स्थापना भएको छ। सशस्त्र द्वन्द्वका समयमा विस्थापित बनेको राष्ट्रिय वाणिज्य बैंकले गाउँपालिकाको वडा नं. ५ लुंखु देउरालीमा पुनः सेवा सुरु गरेको हो। बैंकले गाउँमा पुनः सेवा सञ्चालन गरेपछि गाउँलेले बाजागाजासहित नाचगान गरेर बैंकलाई स्वागत गरेका छन्। ...

धमाधम गाउँ पस्दै वाणिज्य बैंकहरू

पुससम्ममा १ सय ५० स्थानीय तहमा वाणिज्य बैंक पुग्ने - नेपाल बंगलादेश बैंकले एक साताभित्रै बैंक तथा वित्तीय संस्था नपुगेका पूर्वी र पश्चिमी पहाडका तीन–तीनवटा गाउँपालिकामा शाखा स्थापना गर्ने भएको छ । पूर्वमा धनकुटा, संखुवासभा र पाँचथर तथा पश्चिममा जुम्ला र अर्घाखाँचीका गाउँपालिकाहरूमा शाखा स्थापना ग

नुवाकोटका पाँच स्थानीयतह बैंकबिहीन,आर्थिक कारोबार गर्न कठिनाइ

नुवाकोटमा रहेका बाह्र स्थानीयतहमध्ये पाँच स्थानीयतहमा बैंक तथा वित्तीय संस्था नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ। जिल्लामा कायम रहेका बाह्रमध्ये किस्पाङ, तार्केश्वर, शिवपुरी, सूर्यगढी र पञ्चकन्या गाउँपालिकामा बैंक स्थापना नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीयतहका कर्मचारी र जनप्रतिनिधिलाई आर्थिक कारोबार गर्न समस्या भएको हो । सरकारले सबै स्थानीयतहमा एउटा वाणिज्य बैंक स्थापना गर्ने प्रतिबद्धता जनाए पनि…