बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १७ हरिहरपुर र तिलोत्तमा नगरपालिका वडा नं. ४ डिङ्गरनगरलाई जोड्ने गरी तिनाउ नदीमा पुल निर्माण सुरु भएको छ।
दुई वर्षभित्र निर्माण सम्पन्न हुने उक्त पुलको लागत २० करोड ६४ लाख रहेको छ। सडक विभाग अन्तर्गत ठेक्का भएको उक्त पुल दुई सय मिटर लम्बाइको हुनेछ।…