बाँकेको भेरी अस्पतालमा यही भदौ ९ गते भएको घटनामा स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सोही अनुसारको प्रतिवेदन बुझाएको छ ।भेरी अस्पतालमा सुत्केरी भएकी बाँके सिमलघारीकी चन्द्रा विकको शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव भएको थियो । शव बुझेर अन्तिम दाह संस्कार गर्ने क्रममा मृतक शिशुको दुवै हातमा दुई आमाको ट्याग लागेको देखिएको थियो । सो घटनामा एउटा हातमा चन्द्रा र अर्को हातमा गीता थारुको ट्याग देखिएपछि उनीहरुले शव