काठमाण्डौ – लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण अस्पष्ट बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे अनुसन्धान थालेको छ । गायिका सुनार काठमाण्डौको बाँनियाटारमा रहेको आफ्नै कोठामा हिजो शनिवार मृत भेटिएको प्रहरीले जनाएको छ । शुक्रवार राति गायिका सुनारको फेसबुकबाट आफूलाई बाँच्न गाह्रो भएको र जतिबेला जे पनि हुनसक्छ भनेर स्टाटस सार्वजनिक भएको थियो । त्यस स्टाटसमा आफूले नै यो कदम च...