एजेन्सी। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले बिहीबार श्रीलंका भ्रमणका लागि २० सदस्यीय टिमको घोषणा गरेको छ। बीसीसीआईले शिखर धवनको कप्तानीमा भारतीय टिमको घोषणा गरेको हो। टोलीको उपकप्तान भुवनेश्वर कुमार र मुख्य प्रशिक्षक राहुल द्रविड रहेका छन् । श्रीलंका भ्रमणका दौरान भारतले घरेलु टिमसँग १३ जुलाईबाट तीन एकदिवसीय र २१ जुलाईबाट तीन ट्वान्टी–२० श्रृंखला खेल्नेछ।