काठमाडौं । ई–सेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनिबाट पनि हुने भएको छ । यससम्बन्धी सम्झौतामा ई–सेवा मनि ट्रान्सफरका निर्देशक डेनियल डी श्रेष्ठ र लुलु मनिको लुलु फाइनान्सियल होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रिचर्ड एम वासनले हस्ताक्षर गरेका छन् ।
ई–सेवा मनि ट्रान्सफर र लुलु मनिबीचको यो साझेदारीले रेमिट्यान्स सेवामा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको बताइएको छ । यो सम्झौतासँगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीले लुलु मनिको शाखामा गई वा वेबसाइट र मोबाइल एप प्रयोग गरेर नेपालमा ई–सेवा मनि ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउन सक्नेछन् ।