ई–सेवा मनि ट्रान्सफर र इन्जाजबीच भुक्तानी सम्झौता

काठमाडौं। ई–सेवा मनि ट्रान्सफर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । रेमिट्यान्स भुक्तानी सम्झौतामा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत खालिद अल जैनले हस्ताक्षर गरेका छन् । यस सम्झौतासँगै साउदी अरेबियामा बसोबास तथा काम गर्दै आएका नेपालीले इन्जाज पेमेन्टका १५० शाखा, पीओएस, किओस्क वा मोबाइल एप र वेबसाइटबाट नेपालमा ई–सेवा मनि ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउन सक्ने बताइएको छ । रेमिट्यान्स भुक्तानी सम्झौता कार्यक्रममा एफवान सफ्टका अध्यक्ष ढकालले इन्जाजका भौतिक र डिजिटल च्यानलमार्फत साउदी अरेबियामा कार्यरत नेपाली समुदायलाई सहज र सर्वसुलभ रेमिट्यान्स सेवा प्रदान गर्न पाउँदा हर्षित भएको बताए ।

सम्बन्धित सामग्री

ई–सेवा मनि ट्रान्सफर र लुलु मनिबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं  । ई–सेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनिबाट पनि हुने भएको छ । यससम्बन्धी सम्झौतामा ई–सेवा मनि ट्रान्सफरका निर्देशक डेनियल डी श्रेष्ठ र लुलु मनिको लुलु फाइनान्सियल होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रिचर्ड एम वासनले हस्ताक्षर गरेका छन् । ई–सेवा मनि ट्रान्सफर र लुलु मनिबीचको यो साझेदारीले रेमिट्यान्स सेवामा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको बताइएको छ । यो सम्झौतासँगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीले लुलु मनिको शाखामा गई वा वेबसाइट र मोबाइल एप प्रयोग गरेर नेपालमा ई–सेवा मनि ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउन सक्नेछन् ।

ई–सेवा मनि ट्रान्सफर तेस्रो वर्षमा

विश्वका दुई सय भन्दा धेरै मुलकबाट नेपालमा रेमिटेन्स भित्र्याउँदै आएको ई–सेवा मनि ट्रान्सफर दुई वर्ष पूरा भई तेस्रो वर्षमा प्रवेश गरेको छ ।३० वैशाख २०७७ मा फिन टेक कम्पनी एफवान सफ्ट ग्रुपअन्तर्गत स्थापना भएर सञ्चालनमा आएको डिजिटल रेमिटेन्स कम्पनी ई–सेवा मनी ट्रान्सफर तेस्रो वर्षमा प्रवेश गरेको हो । यस रेमिटेन्स कम्पनीले हाल संसारका २०० भन्दा […]

ई–सेवा र इसेडबीच सम्झौता

काठमाडौं (नेस) । नेपालको रेमिट्यान्स बजारमा बलियो उपस्थिति जनाउँदै आइरहेको ई–सेवा मनि ट्रान्सफर र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको प्रतिष्ठित बैंक बीएफसी बैंकअन्तर्गत रहेको इसेड रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बीएफसी बैंकका शाखाहरू तथा संसारका ४० भन्दा बढी मुलुकमा रहेका ५५ हजारभन्दा बढी नेटवर्कको […]

इजेड रेमिट र ई–सेवा मनि ट्रान्सफरबीच सम्झौता

ई–सेवा मनि ट्रान्सफर र बिएफसी बैंकअन्तर्गतको इसेड रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।यो सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरू तथा संसारका ४० भन्दा बढि मुलुकमा रहेका ५५ हजारभन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिने भएको छ । सम्झौतामा ई–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत […]