५ मंसिर, काठमाडौं । बंगलादेशमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ । स्थानीय समय अनुसार आज बिहान १० बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड मापन भएको …
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले जनकपुरधामस्थित निर्माणाधिन श्री राम जानकी बहुउद्देश्यीय अन्तराष्ट्रिय रंगशाला मैदानको निरीक्षण गरेका छन् । शुक्रबार विहान मन्त्रीद्वय घिसिङ र गुप्ताले रंगशालाको निरीक्षण गर्नुका साथै मधेश प्रदेशका खेलकुद मन्त्रालयका पदाधिकारी र खेलकुद परिषदका सदस्यहरुसंग रंगशाला निर्माण बारे जानकारी लिएका छन् । निरीक्षण […]
अमेरिकाको टेक्सास राज्यको अस्टिन स्कुल जिल्लामा कार्यरत पाँच जना कर्मचारीहरूलाई अमेरिकी आव्रजन तथा सीमाशुल्क प्रवर्तन (आइस) ले पक्राउ गरेको छ। कम्तीमा पाँच जना अस्टिन स्कुल जिल्लाका कर्मचारीहरूलाई आइस ले पक्राउ गरेपछि सहकर्मी र प्रशासकहरूबीच चिन्ता फैलिएको छ। पक्राउ परेकाहरू कहाँ छन् र कस्तो अवस्थामा छन् भन्नेबारे कसैलाई जानकारी नदिइएको शिक्षाकर्मीहरूले बताएका छन्। अस्टिन स्कुल अमेरिकाको […]
५ मंसिर, काठमाडौं । मुख्यसचिव एकनारायण अर्याल ९ मंसिरमा अनिवार्य अवकाशमा जाँदैछन् ।
५८ वर्षे उमेरहदका कारण मुख्यसचिव अर्याल यही ९ मंसिरमा अनिवार्य अवकाशमा जानेछन् । अर्याल १३ भदौ २०८१ मा मुख्यसचिव नियुक्त भएका हुन् ।
२०४६ सालमा प्रशासन सेवातर्फ …
म्याग्दी– रघुगङ्गा गाउँपालिकाको कार्यालय रहेको मौवाफाँटमा रु ५३ लाख खर्चेर पक्की सडक निर्माण भएको छ । मौवाफाँट चोकदेखि गाउँपालिका कार्यालयसम्म पुग्ने २९१ मिटर सडकलाई छदेखि आठ मिटर चौडा बनाएर ढलान गरिएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार पानीको निकासका निम्ति नालीका साथै सडकको सुरक्षाका लागि टेवा पर्खाल निर्माण भएको छ । पक्की सडक […]