भारत–नेपाल–चीन जोड्ने त्रि–देशीय सडक ओझेलमा

मंसिर १३, सुर्खेत । नेपाल–भारत–तिब्बत हुँदै चीन जोड्ने हालसम्मकै छोटो र सजिलो त्रि–देशीय सडक निर्माण योजना वर्षौदेखि अन्यौलमा परेको छ । राजनीति ईच्छाशक्तिको अभावले सरकारको प्राथमिकतामा नपर्दा भारतको तिकुनिया–कतरनियाघाट, बर्दियाको राजापुर, कैलालीको चिसापानी–सुर्खेतको घाटगाउँ–गुुटु–अछामको मंगलसेन–बाजुरा हुँदै हुम्लाको हिल्साबाट तिब्बत जोड्ने सडक निर्माणले गति लिन नसकेको हो ।  वर्षेनी टुक्रे बजेट यो रुटमा परेपनि त्यो हात्तीमुखमा जिरा जस्तै हुने गरेको छ । यद्यपि यो सडक सुर्खेतको गुटुबाट अछाम सदरमुकाम मंगलसेन जोडिन अब चार किलोमिटर मात्र बाँकी छ । यस क्षेत्रका बासिन्दाले करीब पाँच दशकदेखि व्यापारिक महत्वको त्रि–देशीय सडक निर्माणलाई प्राथमिकता दिन माग गर्दै आएका छन् ।  कैलालीको चिसापानी र सुर्खेतको घाटगाउँसम्म सडक निर्माण भइसकेको छ । चौकुने गाउँपालिका अन्तर्गत पर्ने गुुटुका पूर्व जनप्रतिनिधि काशीराम देवकोटाले अछाम बाजुरा सडक सञ्जालमा जोडिसकेकाले तत्काल सुर्खेतको गुटुहुँदै मंगलसेन जोड्ने ट्¥याक निर्माण गरिनु पर्ने बताए ।  भारतलाई सडक सञ्जालबाट चीनसँग जोड्ने यो अति छोटो मार्ग हो । मानसरोवर तीर्थयात्रा जाने पैदल मार्ग पनि हो । सरकारले दुई वर्ष अघि बजेटमा उक्त सडकका लागि टुक्रे बजेट विनियोजन गरेपनि सुर्खेत खण्डमा अझै ट्रर्‍याक विस्तार हुन सकेको छैन । चालू आवमा चौकुने गाउँपालिकाले गुटु–साल्म–जंगलाघाट सडक निर्माणका लागि न्यूज बजेट विनियोजन गरेको छ ।  कैलालीको सुंगुरखाल र घाटगाउँको चिप्लेमा साढे ४०० मिटर लामो मोटरेवल निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको छ । त्रि–देशीय सडक सञ्जाल आसपासका बासिन्दाले कतरनिया–सती सुख्खा बन्दरगाह सञ्चालन गर्न माग राख्दै आएपनि राजनीति ईच्छाशक्तिको अभावमा काम अघि बढ्न सकेको छैन । तराई–पहाड जोड्ने छोटो मार्ग तराई र पहाडका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग भनेकै ‘चिसापानी–गुटु–मंगलसेन’ फास्ट ट्रर्‍याक हो । १० वर्षअघि साविकको गुटु गाविसले ग्रामीण सडक कार्यक्रम अन्तर्गत थालेको उक्त मार्ग केन्द्रीय योजनामासमेत परेको थियो ।  पछि राजनीति पहुँच नहुँदा उक्त सडक ओझेलमा पर्दै गएको हो । अछामको मंगलसेन पुग्न पूर्व पश्चिम राजमार्गबाट डोटी हुँदै ३९० किलोमिटर यात्रा पार गर्नुपर्ने भएपनि चिसापानी मंगलसेन ९० किलोमिटर मात्रै दुरी पर्ने छोटो मार्ग हो । कर्णाली, चिसापानी हुँदै मंगलसेन जोड्न छोटो मार्गको बारेमा यस क्षेत्रबाट राजनीति गर्नेहरुले नबुझेकाले आझेलमा पर्दै गई रहेको स्थानीय समाजसेवी लक्ष्मीबहादुर बयक बताउँछन् ।  उनले कैलाली, सुर्खेत र अछाम जोड्ने उक्त सडक कर्णालीका बासिन्दालाई समेत सडक यातायातको दूरी छोटो हुने बताए । ‘तराईसँग मध्य पहाड र हिमाल जोड्न छोटो र निर्माणमा सहज भएकाले यसको महत्व बढी छ,’ उनले भने, ‘नेपालकै ठूलो क्षमताको बहुचर्चित गुटु–चौकुने सिमेन्ट उद्योगका लागि पनि सडकको बढी महत्व रहेको छ ।’ उक्त सडक बनेमा सिमेन्ट उद्योगको लागतसमेत कम हुने उनको भनाइ छ ।  उनले हाललाई तीन जिल्ला जोड्ने उक्त सडक निर्माण भएमा धनगढीको चामल सस्तो मूल्यमा अछामलगायत कर्णालीका जनताले पाउने बताए । उनले भने, ‘यो सडक पूरा भएपछि उपभोग्य वस्तुको लागत कम हुने छ ।’ कर्णाली–चिसापानी–घाटगाउँ–गुटु हुँदै अछाम जोड्ने सडक निर्माण भए सुर्खेतको पश्चिम क्षेत्रको विकासमा समेत ठूलो टेवा पुग्ने समाजसेवी देवबहादुर थापाले बताए ।

सम्बन्धित सामग्री

उदयपुरको जगदेश्वरी महादेव गुफा ओझेलमा

२७ मंसिर, कटारी (उदयपुर) । उदयपुरको कटारी नगरपालिका–१ को खसिबास गाउँबाट दक्षिण चुरे जङ्गल क्षेत्रमा झरनामुनि रहेको जगदेश्वरी महादेव गुफा ओझेलमा परेको छ । प्राकृतिक रुपमा गुफाको संरचना फरक र आकर्षक भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीय बताउँछन् । खसिबास गाउँबाट गुफा पुग्न करिब दुईघण्टा पैदल हिँड्नुपर्छ । फरक संरचना भएर पनि प्रचारप्रसार नहुँदा […]

ओझेलमा पचाल झरना

प्रचुर पर्यटकीय सम्भावना बोकेको भए पनि कालिकोटका झरना आवश्यक प्रचारप्रसार र भौतिक संरचनाको अभावले ओझेलमा परेका छन्।...

ताप्लेजुङको लिम्बू साँस्कृतिक संग्रहालय ओझेलमा

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा रहेको लिम्बू सांस्कृतिक संग्रहालय ओझेलमा परेको छ। प्रचारप्रसार अभाव र कमजोर व्यवस्थापनका कारण संग्रहालय ओझेलमा परेको हो। संग्रहालयमा लिम्बू समुदायको पुरातात्विक पहिचान संरक्षण गर्ने प्रयास भए पनि...

किराँत समुदायको ऐतिहासिकस्थल ‘प्रिमाकोटगढी’ ओझेलमा

खोटाङ, रावाबेंसी गाउँपालिका-६ हौंचुरस्थित किराँत समुदायको ऐतिहासिकस्थल प्रिमाकोटगढी ओझेलमा परेको छ। कि...

म्याग्दीको ज्यामरुककोट ओझेलमा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको पर्यटकीय ज्यामरुककोट ओझेलमा पर्दे गएको छ । प्रचार प्रसार र भौतिक पूर्वाधारको अभावका कारण ओझेलमा पर्दै गएको हो । धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायतका १४ वटा हिमश्रृङ्खला, म्याग्दी, मुस्ताङ, पर्वत, बागलुङ, कास्की, कालीगण्डकी र म्याग्दी नदीको नागबेली दृश्य यहाँबाट देख्न सकिन्छ । प्राकृतिक, जैविक, साँस्कृतिक विविधता, ऐतिहासिक महत्व बोकेको […]

ओझेलमा प्रदेशका उम्मेदवार र अजेन्डा

काठमाडौं, कात्तिक १३ । संघीय र प्रदेशसभा सदस्य निर्वाचन एकैपटक हुँदा प्रदेशका अजेन्डा र उम्मेदवार ओझेलमा परेका छन्। आगामी मंसिर ४ मा प्रतिनिधिसभा सदस्य र सातैवटा प्रदेशका सदस्यका लागि एकै दिन हुन लागेको निर्वाचनमा सबै राजनीतिक दल प्रतिनिधिसभाकै उम्मेदवार र अजेन्डामा केन्द्रित देखिन्छन्। यसरी दलहरूले चुनावी अभियानदेखि नै प्रदेशसभाका अजेन्डालाई ओझेलमा पार्दै आएको देखिन्छ। दलहरूले […]

ओझेलमा पचाल झरना

नेपालकै अग्लो दाबी गरिएको कालिकोटको पचाल झरना ओझेलमा परेको छ। नेपाल पर्यटन बोर्डमा अभिलेख नगरिँदा नेपालकै अग्लो दाबी गरिएको चर्चित झरना ओझेलमा परेको हो।...

ओझेलमा तलछडी झरना

हुम्ला जिल्लाकाे सर्केगाड गाउँपालिका- ५ स्थित गाेठी गाउँमा पर्ने तलछडी झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेकाे छ। सर्केगाड गाउँपालिकाले संरक्षणकाे अभावमा याे झरना ओझेलमा परेकाे हाे। पर्यटकीय रूपमा प्रचुर सम्भावना रहेकाे प्रचारप्रसारको अभावमा...

तुलसीपुरको ‘झाँक्रीगेल’ झरना ओझेलमा

दाङको तुलसीपुर उपमहानगरपालिका–१९ सुन्दरखोलास्थित झाँक्रीगेल झरना ओझेलमा परेको छ। प्रचार–प्रसारको अभावले सो झरना ओझेलमा परेको हो।...